काठमाडौं । अभियन्ता खगेन्द्र सुनारले दल दर्ताको निवेदन दिएका छन् । उनको सभापतित्वमा दल दर्ताको निवेदन निर्वाचन आयोगमा पुगेको छ ।
सुनारको नेतृत्वमा हाम्रो पार्टी नेपाल नामक दल दर्ताको निवेदन आयोग पुगेको हो । यो पार्टीले चुनाव चिह्न गोलो घेराभित्र राम्रो जनाउने लाइक चिह्न प्रस्ताव गरेको छ ।
आयोगले दल दर्ताको निवेदन अध्ययनको क्रममा रहेको जनाएको छ ।
दल दर्ताका लागि केन्द्रीय समितिको प्रमाणित विवरण, निर्णयहरू, प्रमाणित प्रतिवद्धतापत्र सहितको कागजात, समर्थकहरूको विवरण, विधान, दलको नियमावली र घोषणापत्र लगायतका कागजात आवश्यक पर्छ ।
पाँच सय जनाको नागरिकताको प्रमाणपत्रसहित दल खोल्न सहमति जनाएको स्वघोषणा सहितको प्रतिवद्धता आवश्यक पर्छ । ति पाँच सय व्यक्ति कुन जिल्लाका हुन खुलाइएको हुन्छ । त्यसअनुसार निर्वाचन आयोगका सम्बन्धित जिल्ला कार्यालय पुगेर दल खोल्न समर्थन गर्ने व्यक्तिहरूले सनाखत गर्नुपर्छ ।
आयोगका अनुसार यसरी प्रत्येक जिल्लाबाट सनाखत भएपछि त्यसको आधारमा सम्बन्धित दल दर्ताको प्रक्रिया अगाडि बढ्छ र अन्य कागजात पुगेको खण्डमा दल दर्ता हुन्छ ।
आयोगका अनुसार यही कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ ।
अहिले सनाखतको प्रक्रिया चलिरहेको सुनारको पार्टी दर्तामा काम गरिरहेका रामबहादुर मिजारले अनलाइनखबरलाई जानकारी दिए ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु