पोखरा नदीपुरमा रहेको प्रतिभा माविले कम्प्लिट प्रिस्कूल सिस्टम (सीपीएस)को दुई वर्षे अवधि सफलतापूर्वक कार्यान्वयन गरेको छ ।
लावण्य इन्टरनेशनल प्रा.लिको सहकार्यमा प्रतिभाले दुई वर्षअघि शुरु गरेको सिपिएस कार्यक्रम सफलतापूर्वक कार्यान्वयन गरेको हो ।
कक्षा नर्सदेखि यूकेजी सम्मका विद्यार्थी लक्षित सो दुई वर्षे सिपिएस कार्यक्रम सफलतापूर्वक कार्यान्वयन भएपछि शुक्रबार त्यसमा संलग्न १४ जना शिक्षिकाहरुलाई विद्यालयले दीक्षित गरेको छ । विद्यालयमा एक औपचारिक दीक्षान्त समारोह गरेर शिक्षिकाहरुलाई सामुहिक रुपमा दीक्षित गरि प्रमाण पत्र प्रदान गरिएको विद्यालयले जनाएको छ ।
सम्मान तथा प्रमाण पत्र वितरण कार्यक्रममा विद्यालयका प्राचार्य किरण सापकोटाले सिपिएस/सिपिआरएस कार्यक्रमले विद्यालयमा विद्यार्थी–केन्द्रित शिक्षा लागू भएको बताए । सिपिएस पद्वतीमार्फत शिक्षकहरूले केवल पाठ सुनाउने नभई विद्यार्थीलाई सोच्न, प्रश्न गर्न र आफ्नै अनुभवबाट सिक्न प्रेरित गरिरहेको उनले बताए ।

उनले भने–‘यस पद्दतीले कक्षा कोठालाई पुस्तक मात्रमा सीमित नराखी, विद्यार्थीहरूलाई विभिन्न गतिविधि, परियोजना र अनुभवमार्फत सिक्ने अवसर दिएको छ।’ यसले विद्यार्थीहरुको आत्मविश्वास र जिज्ञासा दुवै बढाएको उनले दाबी गरे ।
लावण्य इन्टरनेशनल पोखरा इञ्चार्ज सम्झना रेग्मीले सिपिएस सिकाई पद्दतीले शिक्षिकाहरूलाई नयाँ सीप सिक्न र प्रभावकारी शिक्षण अभ्यास अप्नाउन मद्दत पूगेको बताईन् ।
मन्टेश्वरी ब्लक को–अर्डिनेटर निर्मला सुवेदीले प्रतिभा माविमा नर्सरीदेखि कक्षा १ सम्म सिपिएस÷सिपिआरएस कार्यान्वयनमार्फत शिक्षकहरूमा रचनात्मकता र सक्रियता थप्नुका साथै विद्यार्थी पनि बढी भन्दा बढी लाभान्वित भएको बताईन् । उनले नर्सरीदेखि युकेजीसम्म सिपिएस कार्यक्रम पूरा भएको तथा कक्षा एकमा भने सिपिआरएस कार्यक्रम जारी रहेकाले अर्काे वर्ष पूरा हुने जानकारी दिईन् ।

सहप्राध्यापक प्रदीप खनालले स्वागत मन्तव्य राख्दै सिपिएस/सिपिआरएस कार्यक्रम सफल बनाउन संलग्न सबै शिक्षक र प्रशिक्षकहरूको योगदानको प्रशंसा गरे ।
सिपिएस कार्यक्रम देशका १५० विद्यालयमा फैलिएको छ र पोखरामा ४० भन्दा बढी विद्यालयमा सिपिएस अभ्यास भइरहेको बताईन्छ ।
सम्बन्धित खबर
त्रिविका मौका परीक्षा दिन काठमाण्डु जान नपर्ने, अब क्षेत्रीय केन्द्रबाटै हुने
यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म
विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षा आजको आवश्यकता: प्रदेश प्रमुख भट्ट
फागुन २१ निर्वाचनले एसइई परीक्षा प्रभावित हुने, परीक्षा मिति सार्ने तयारी
क्याम्पस पढाउन पनि अब लाइसेन्स आवश्यक
‘भोलि विद्यालय बन्द गर्ने निर्णय गरेका छैनौं’ – निजी विद्यालय सञ्चालक
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो