पूर्वमन्त्री मोहम्मद आफताब आलमको निधन

राजनीति

पूर्वमन्त्री मोहम्मद आफताब आलमको निधन

aftab-alam

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री आफताब आलमको निधन भएको छ।

एक महिनाभन्दा लामो समयदेखि सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत रहेका ६३ वर्षीय आलमको गएराति निधन भएको हो।

अस्पतालका प्रशासन प्रमुख नारायणप्रसाद दाहालका अनुसार गएराति २:५९ बजे आलमको निधन भएको हो।

उनी दसैंअघि देखि नै अस्पताल भर्ना भएका थिए।

उनी मिर्गौला र उच्च रक्तचापको बिरामी थिए। जेठ १४ गते नख्खु कारागारबाट छुटेपछि उनलाई मस्तिष्काघात भएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गरिएको थियो।

अस्पताल लगिएको १०/१२ दिनपछि नै उनको भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको प्रशासन प्रमुख दाहालले जानकारी दिए।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको साबिक राजपुर गाविस-४ फरहदवामा बम बिस्फोट गराएको र त्यसक्रममा केहीलाई जिउँदै इँटाभट्टामा लगेर जलाएको आरोप कांग्रेस सांसद आलमसहितका व्यक्तिमाथि छ।

आलमका काका शेख इद्रिसको गोठमा चैत २७ गते साँझ साढे ६ बजे बम विस्फोट भएको थियो। विस्फोटमा परी गोठमा भएका केही व्यक्तिको मृत्यु र झन्डै दुई दर्जन घाइते भएको आशंका थियो। मृतक र घाइतेलाई नजिकैको इँटाभट्टाको भुंग्रोमा हालेर जलाइएको आरोप आलममाथि लागेको थियो।

गत जेठमा नक्खु कारागारबाट छुटेलगत्तै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो । त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो । त्सपछि उनी भारत गएर उपचार गराएका थिए । ती चिकित्सकका अनुसार ब्रेन स्ट्रोक भएपछि देखिने दीर्धकालीन असरका कारण उनको मृत्यु भएको हो ।

संविधानसभा निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा विस्फोट हुँदा श्रीनारायणका कान्छा छोरा २२ वर्षीय त्रिलोकप्रताप सिंह र स्थानीय ओशी अख्तरसहित घाइते भएका थिए ।

प्रहरीको अनुसन्धानको क्रममा आलमको निर्देशनमा घटना लुकाउने उद्देश्यले विस्फोटमा परी मृत्यु भएका तथा घाइते भएका मानिसहरूलाई ट्र्याक्टरमा राखी इँटा भट्टामा जलाएको देखिएको थियो।

उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसूरको गरेको अभियोगबाट सफाइ दिएको हो।

न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले आफताब आलमसहित चार जनालाई सफाइ दिने फैसला गरेको हो।

उक्त सफाइ दिएसँगै कारागार कार्यालय नख्खुमा रहेका मोहम्मद आफताब आलम छुटे। उनका भाइ मोहम्मद महताब आलम, शेख सेरोज भन्ने शेख सराज र बद्री सहनीले पनि सफाइ पाएका हुन्।

आलम तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको सरकारमा २०५४ सालमा श्रम राज्यमन्त्री भएका थिए।

त्यसपछि २०५५ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा आलम वन राज्यमन्त्री भएका थिए।

२०५६ मा कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा स्थानीय विकास राज्यमन्त्री भएका थिए। त्यसपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा भूमिसुधार मन्त्री बने।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए।

प्रचण्ड नेतृत्वको सरकार ढलेर माधवकुमार नेपाल नेतृत्वमा बनेको सरकारमा आलम श्रम तथा यातायात मन्त्री बनेका थिए। उनी २०६७ मा कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ