रन-वेको लाइट बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे ३ घण्टादेखि बन्द, उडान अवतरण ठप्प

रन-वेको लाइट बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे ३ घण्टादेखि बन्द, उडान अवतरण ठप्प

tribhuwan airport TIA

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन वेको लाइट बिग्रिँदा साढे ३ घण्टादेखि कुनै पनि उडान अवतरण हुन सकेको छैन ।

विमानस्थलको धावनमार्गमा बिजुली सर्ट हुँदा समस्या देखिएको विमानस्थलले जनाएको छ । स्रोतका अनुसार विमानस्थलको Edge Light मा समस्या आएको हो । यो लाइट रनवेका दुवै छेउमा राखिएका हुन्छन्, जसले कम दृश्यता (Low Visibility) का समयमा पनि विमानलाई रनवेको सीमाना देखाउन र सुरक्षित रूपमा अवतरण गर्न मार्गदर्शन गर्छ।

बेलुका ५ बजेर २५ मिनेट जाँदादेखि सबै विमानको उडान र अवतरण रोकिएको छ । यसले गर्दा हजारौँको यात्रा अस्तव्यस्त भएको छ ।

केही विमानहरु आकाशमै होल्ड गरिएको छ । समस्या समाधानको प्रयास भए पनि हुन सकेको छैन ।

धेरै जहाज आकाशमै होल्ड गरिएको छ भने एउटा जहाज दिल्ली डाइभर्ट गरिएको छ । कोरियाबाट काठमाडौं आएको कोरिएन एयरको जहाज दिल्ली डाइभर्ट गरिएको जनाइएको छ । साथै आन्तरिक उडान पनि ल्याण्ड गराउन नसकेर फर्काइएको छ ।

अहिले विमानस्थलको धावनमार्गमा रहेका पोलको एक एक निरीक्षण गरी समाधानको प्रयास भएको छ । प्राविधिक मर्मत कार्यमा जुटिरहेको बताइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ