२५ दिनमै ढल्यो मुख्यमन्त्री सोनल नेतृत्वको मधेश सरकार, माओवादीका दुई सांसदले विश्वास मत नदिने भएपछि राजीनामा

राजनीति

२५ दिनमै ढल्यो मुख्यमन्त्री सोनल नेतृत्वको मधेश सरकार, माओवादीका दुई सांसदले विश्वास मत नदिने भएपछि राजीनामा

jitendra-sonar

जनकपुर : मधेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन्। संसदमा विश्वासको मत नपाउने भएपछि राजीनामा दिएका हुन्।

संसदमा माओवादीका सांसद रहबर अन्सारी र माला कुमारी कर्णले विद्रोह गर्दै विश्वासको मत नदिने भएपछि राजीनामा घोषणा गरेको हो।

सभामुख रामचन्द्र मण्डलले मत विभाजनको प्रक्रियामा गएपछि मुख्यमन्त्री सोनारले छलफल तथा वार्ताको समय नदिएको भन्दै संसदबाटै राजीनामा घोषणा गरे। त्यसअघि सत्ता पक्षबाट माओवादी केन्द्रका दुई सांसद रहबर अन्सारी र माला कुमारी कर्णले आफ्नो कुरा राख्न पाउनुपर्ने भन्दै मन्तव्यसहित विश्वासको मत नदिने घोषणा गरेका थिए।

मधेश प्रदेशसभाका सभामुख मण्डलले मत विभाजनको प्रक्रियामा जाने खोजेपछि रोस्टमबाट बोल्ने आग्रह गर्दै माओवादीका सांसद रहबर अन्सारीले मधेश प्रदेशसभाको औचित्य र नैतिक धरातल सकिएको भन्दै आफ्नै मुखमा कालोमोसो दलेका थिए। रोस्टमबाट बोल्दै अन्सारीले सबै दल र सांसदहरूको नैतिक धरातल सकिएकाले कुनै दललाई विश्वासको मत नदिने घोषणा गरे।

अन्सारीसँगै माओवादी केन्द्रकी अर्की सांसद माला कुमारी कर्णले समेत केन्द्रित शासन लागू गरेको विरोधमा कुनै पनि दलको नेतालाई पक्ष वा विपक्षमा मतदान नगर्ने हाउसबाट घोषणा गरिन्। मधेश प्रदेशसभामा १०७ सांसदमध्ये ३ सांसद हाल निलम्बित छन्।

हाल प्रदेशसभाको कूल सांसद संख्या १०४ मध्ये दुईजना जनस्वराज पार्टीका सांसद अनुपस्थित देखिए । जनमतबाट विभाजन भएर नयाँ पार्टी बनेका जनस्वराजका दुई सांसद पूर्व मुख्यमन्त्री सतिष कुमार सिंह र त्रिभुवन साह अनुपस्थित थिए। यता नागरिक उन्मुक्ति पार्टीले सोनारलाई विश्वासको मत दिने निर्णय गरेको थियो। तर, संघीय समाजवादी पार्टीकी विमला अन्सारी अनुपस्थित रहेकी थिइन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ