युवराज सफलको नेपाल नागरिक पार्टी निर्वाचन आयोगमा दर्ता

राजनीति

युवराज सफलको नेपाल नागरिक पार्टी निर्वाचन आयोगमा दर्ता

yubraj-safal_surendra-bhandari

काठमाडौं । अभियन्ता युवराज पौडेल सफल नेतृत्वको पार्टी नेपाल नागरिक पार्टीसँग गाभिएको छ।

यस अघि नै सफलको नेतृत्वमा दर्ता कायम रहेको समाजवादी केन्द्र नेपालको नाम परिवर्तन गरेर नेपाल नागरिक पार्टी दल दर्ता गरिएको हो । अधिवक्ता डा.सुरेन्द्र भण्डारीले यस अघि छुट्टै दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थियाे।

तर, सफलले आफू नेतृत्वको पार्टी नेपाल नागरिक पार्टीसँग गाभेर एउटै बनाउने सहमति जनाएपछि यहीं कात्तिक ११ गते निवेदन फिर्ता लिएका थिए ।

अधिवक्ता भण्डारी सभापति रहेको पार्टीमा अभियन्ता सफल उपसभापति रहेका छन् भने अर्का सभापति डा.प्रकाश पौडेल रहेका छन् । त्यस्तै, महामन्त्री पुजनजंग गुरुग र कोषाध्यक्ष दिपलाल जोशी रहेकाे उपसभापति सफलले बताए । २८ सदस्यीय केन्द्रीय समिति रहेको छ।

केन्द्रीय सदस्यमा नुरमहमत मियाँ, तेजबहादुर कार्की, भगवती ढकाल, रामशरण बुढाथोकी र निरा भण्डारी लगायत रहेकाे पनि उनले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ