दुर्गा प्रसाईंले सुकुम्बासी उक्साउँदै भने – बालेनविरुद्ध लड्न म सहयोग गर्छु

राजनीति

दुर्गा प्रसाईंले सुकुम्बासी उक्साउँदै भने – बालेनविरुद्ध लड्न म सहयोग गर्छु

Durga_Prasai

व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध लड्न आफूले सहयोग गर्ने भन्दै सुकुम्बासीहरूलाई उक्साएका छन्।

आइतबार मनोहरा सुकुम्बासी बस्तीमा पुगेका प्रसाईंले त्यहाँ भेला भएका मानिसहरूलाई सम्बोधन गर्दै शाहविरुद्धको संघर्षमा आफ्नो साथ रहने र शाहले बस्ती भत्काएमा उनको घरमा गएर परिवारमाथि जाइलाग्न उक्साएका हुन्।

‘उसको बुढीको गाडी एकछिन रोक्दा सिंहदरबारमा आगो लगाउने ? उसको बच्चाचाहिँ बच्चा, तपाईंहरूको बच्चाचाहिँ बच्चा होइन ?,’ प्रसाईंले सुकुम्बासी उक्साउँदै भने ‘उसको श्रीमती श्रीमती, तपाईंहरूको श्रीमती, श्रीमती होइन ?’

काठमाडौं महानगरपालिकाले नदी किनारका बस्ती खाली गर्न दिएको एक हप्ताको अल्टिमेटम सकिनै लाग्दा प्रसाईं सुकुम्बासीहरूको समर्थनमा देखिएका हुन्।

प्रसाईंले राजनीतिक दलहरूले सुकुम्बासीलाई भोट बैंकको रूपमा मात्र प्रयोग गरेको आरोप लगाउँदै आफूले भोट नमाग्ने तर सबैलाई पक्की घर दिलाउन सहयोग गर्ने आश्वासन दिए।

उनले आफ्नो अभियान भोटका लागि नभई व्यवस्था परिवर्तनका लागि भएको दाबी गरे। व्यवस्था परिवर्तन भएपछि भूमिहीनहरूको भूमिको व्यवस्थापन गर्ने जिम्मा आफूले लिने उनले प्रतिबद्धता जनाए।

साथै, सम्पूर्ण दल र बालेनलाई आफूले ठेगान लगाउने चेतावनी दिँदै सुकुम्बासीलाई हटाउन आउनेको परिवारलाई पनि त्यस्तै व्यवहार गर्ने धम्की दिए।

प्रसाईंले मेयर शाह र उनका सहयोगी भिक्टर पौडेलले बब्लु गुप्तालाई मन्त्री बनाउन २ करोड रुपैयाँ लिएको आरोप समेत लगाएका छन्। साथै, उनले आगामी मङ्सिर ७ गतेदेखि सुरु हुने आफ्नो ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं’ अभियानमा समर्थन जनाउन पनि आह्वान गरे।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ