घनश्याम भुषालले नेकपा एस पुनर्गठन नगर्ने, नयाँ पार्टी नेकपा (वामपन्थी केन्द्र), चिन्ह सूर्यमुखी फूल प्रस्ताव

राजनीति

घनश्याम भुषालले नेकपा एस पुनर्गठन नगर्ने, नयाँ पार्टी नेकपा (वामपन्थी केन्द्र), चिन्ह सूर्यमुखी फूल प्रस्ताव

Ghanashyam_Bhusal

काठमाडौं । नेकपा एकीकृत समाजवादीकै नाम, झण्डा र चुनाव चिह्नसहित पार्टी पुनर्गठन गर्ने भनेको घनश्याम भुसाल समूहले फरक नाम र चुनाव चिह्नसहित आइतबार निर्वाचन आयोग पुगेको छ ।

नेकपा (एकीकृत समाजवादी) का तत्कालीन महासचिव घनश्याम भुसाल पक्षले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएको हो ।

उक्त पार्टीका स्थायी समिति सदस्य डा. विजयकुमार पौडेलसहितको टोली आइतबार आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएको हो । दल दर्ताका लागि आयोगमा पेश गरिएको निवेदनमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (वामपन्थी केन्द्र) रहेको छ भने चुनाव चिह्न सूर्यमुखी फूल प्रस्ताव गरिएको छ ।

संयोजक राजकुकमार कक्षपती (प्यूठान) र सह–संयोजकमा नन्दलाल बञ्जाडे (रुपन्देही) रहेको प्रस्तावित दल २६ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ ।

केन्द्रीय सदस्यमा सुस्मा राई (भोजपुर), योगेन्द्र बस्नेत (ओखलढुंगा), निलम ढुंगेल (मोरङ), मुकुन्दबहादुर रोका (प्यूठान), नरेशप्रसाद न्यौपाने (अछाम), प्रकाश श्रेष्ठ (धादिङ), लोककृष्ण दाहाल (भक्तपुर), समीर गौतम (गुल्मी), नविनकुमार कक्षपती (प्यूठान) रहेको छन् ।

यस्तै सदस्यमा एन्जिसराज प्रसाई (काठमाडौं), मिरा श्रेष्ठ (रुपन्देही), लक्ष्मी गिरी (प्यूठान), नारद उपाध्याय (कालिकोट), अर्जुनकुमार अधिकारी (दाङ), विमल नेपाली (दाङ), प्रचण्डमान श्रेष्ठ (तनहुँ), सुकुन्दरी श्रेष्ठ (प्यूठान), प्रेमबहादुर तारामी (सुर्खेत), ठगेन्द्रबहादुर रसाइली (झापा), जानुका श्रेष्ठ (महोत्तरी), रेशा दुलाल (ललितपुर), सविता तामाङ काठमाडौं, लक्ष्मीदेवी शर्मा (रुपन्देही) र भीम बस्नेत (मोरङ) छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ