स्याङ्जाको पुतलीबजार नगरपालिकाले ‘आलुमा आत्मनिर्भर कार्यक्रम’ सुरु गरेको छ । आलु उत्पादनका लागि अनुकूल भूगोल र जलवायु भएकाले नगरपालिकाले यसलाई नगदेबालीका रूपमा प्रवर्द्धन गर्न अभियान चलाएको हो ।
नगर प्रमुख तुलसीराम रेग्मीका अनुसार, किसानले खेती गर्दा लागत अनुसारको लाभ नपाएको गुनासो बढेपछि पालिकाले आलु खेतीमा प्रोत्साहन कार्यक्रम अघि बढाएको हो । “वडा तहबाट माग आएपछि अनुदानमा बीउ वितरण गरिरहेका छौं,” रेग्मीले बताए । उनका अनुसार पालिकाले उत्पादन भएको आलुको बजारीकरणमा समेत सहजीकरण गर्नेछ ।
नगरपालिकाले जनकदेव र खुमल सेतो–१ जातका आलुको बीउ वितरण थालेको छ । पालिकाका सबै १४ वटै वडामा ७१ हजार चार सय किलो आलुको बीउ वितरण गरिँदैछ । तीमध्ये ६१ हजार चार सय किलो जनकदेव र १० हजार किलो खुमल सेतो–१ बीउको माग गरिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाका अनुसार, आलुको बीउ प्रतिकिलो ५८ रुपैयाँमा खरिद गरिएको र किसानलाई ५० प्रतिशत अनुदानमा प्रतिकिलो २९ रुपैयाँमा वितरण भइरहेको छ । सबैभन्दा बढी माग वडा नं. ३ मा आएको ढुंगानाले जानकारी दिए ।
आलुमा आत्मनिर्भर अभियानका लागि चालू आर्थिक वर्ष २०८२/८३ मा नगरपालिकाले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु