मधेसमा सभामुखको पाँच सांसद पदमुक्त गर्ने निर्णय उपसभामुखले गरिन् बदर

राजनीति

मधेसमा सभामुखको पाँच सांसद पदमुक्त गर्ने निर्णय उपसभामुखले गरिन् बदर

kldssmf

मधेस प्रदेशमा सभामुख रामचन्द्र मण्डल र दलहरूबीचको विवाद उत्कर्षमा पुगेको छ।

सभामुख मण्डलले बिहीबार लगातार १० बैठकसम्म अनुपस्थित भएको भन्दै पाँच सांसद पदमुक्त गर्ने निर्णय गरेका थिए। सभामुखले उर्मिला देवी सिंह, मनिषकुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन सा कलवार, सारदा शंकरप्रसाद कलवार कारबाहीमा परेका थिए।

कारबाहीमा परेका सांसद सिंह नागरिक उन्मुक्ति पार्टीकी हुन्। सुमन, यादव र कलवारद्वय जसपाकै सांसद हुन्।

समाभुख मण्डल नेकपा (एमाले)का हुन्।

सभामुखविरूद्ध सात दलका ७४ जना सांसदले पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव दर्ता गरेका थिए।

त्यसपछि उनले प्रतिशोध स्वरूप सांसद कारबाही गर्ने कदम उठाएको भन्दै उपसभामुख बबिताकुमारी राउव ईशरले उक्त निर्णय बदर गरेको बताएकी छन्।

‘यस मधेस प्रदेश सभा सचिवालयको कात्तिक २७ गतेको पाँच जना माननीय प्रदेश सभा सदस्यहरूको पदरिक्तसम्बन्धी सूचना सभामुखले आफूमाथि कात्तिक २७ गते प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १८० को उपनियम २ (क) बमोजिम सभामुखको विरूद्ध पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव उपसभामुख समक्ष पेश गरिनुपर्ने व्यवस्था भएबमोजिम प्रस्ताव पेश भइसकेको र सोको उपनियमत (३) बमोजिम छलफलको लागि मिति समय तय हुन बाँकी रहेको अवस्थामा प्रस्तावको प्रतिशोध स्वरूप आवेगमा गरेको निर्णय हो,’ उनले भनेकी छन्।

कारबाहीमा परेका सांसदहरू पछिल्लो पटक विश्वासको मत लिने बैठकमा उपस्थित भएको देखिएको हुँदा कारबाहीको सूचना बदर गरिएको उनले बताएकी छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ