कुलमान घिसिङलाई प्रधानमन्त्रीले मन्त्री पदबाट बिदा गर्नुपर्छ: शंकर पोखरेल

राजनीति

कुलमान घिसिङलाई प्रधानमन्त्रीले मन्त्री पदबाट बिदा गर्नुपर्छ: शंकर पोखरेल

Shankar_Pokhrel

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङको नैतिकतामाथि प्रश्नचिह्न उठाएका छन्।

मन्त्री घिसिङले आगामी निर्वाचनमा भाग लिने घोषणा गरिसकेको र आफ्नै पहलमा दल दर्तासमेत गरिसकेकाले गैरदलीय सरकारमा बस्न नमिल्ने तर्क महासचिव पोखरेलले गरेका हुन्।

‘प्रधानमन्त्री सुशीला कार्कीले चुनावका लागि गैरदलीय सरकार बनाएको दाबी गर्ने तर स्वयंको पहलमा पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ?,’ उनले प्रश्न गरेका छन्।

प्रधानमन्त्रीले अविलम्ब घिसिङलाई मन्त्री पदबाट बिदा गर्नुपर्ने पोखरेलले बताएका छन्।

‘यदि यस्तो व्यक्ति मन्त्री पदमा बसिरहनु नैतिक दृष्टिले उपयुक्त हुँदैन र प्रधानमन्त्रीको प्रतिबद्धतासँग मेल खाँदैन भने, अविलम्ब मन्त्री पदबाट बिदा गर्नुपर्ने होइन र!,’ उनको भनाइ छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds