निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्ने म्याद ५ दिन थप गरेको छ ।
निर्वाचा आयोगका अनुसार अब मंसिर ५ गतेसम्म नाम दर्ता गर्न सकिनेछ । यसअघि, कार्तिक ३० गतेसम्म समय निर्धारण गरिएको थियो ।
अन्तिम समयमा राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा अनलाइनबाटै दर्ता गर्न सकिने नयाँ व्यवस्था सुरु गरेको छ। यसले अन्तिम समयमा निर्वाचन कार्यालयहरूमा हुने भीडभाड कम हुने अपेक्षा गरिएको छ।
आयोगका अनुसार मतदाता नामावलीमा नाम दर्ता गर्ने अन्तिम मिति अब मंसिर ५ गते हो। नयाँ अनलाइन सुविधाका कारण यो अवधिमा नयाँ मतदाताको सङ्ख्यामा वृद्धि हुने अनुमान गरिएको छ।
अनलाइन सुविधाले सहज भएपनि सिस्टम नचल्दा हैरान भएको गुनासाे सुनिन थालेको छ ।
यो नयाँ प्रणालीले विशेष गरी विदेशमा रहेका नेपालीहरूलाई सहज बनाएको छ। विदेश जान पासपोर्ट बनाउनुअघि राष्ट्रिय परिचयपत्र अनिवार्य भएकाले धेरै नेपालीहरूसगँ उक्त परिचयपत्र हुदाँ उनीहरुले विदेशमै बसेर पनि मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न सक्ने भएका छन् ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको तथ्याङ्कअनुसार अहिलेसम्म करिब १ करोड ९० लाख जनाको विवरण सङ्कलन भइसकेको छ। तर २०७९ सालसम्मको मतदाता नामावलीमा भने १ करोड ७९ लाख ८८ हजार को मात्रै नाम थियो।
आयोगमा मतदाता नामावली दर्ताको लागी नयाँ प्रणाली आउनु अघिसम्म २ लाख ३९ हजार ९४० जनाले नाम दर्ता गराएका थिए। यस तथ्याङ्कले राष्ट्रिय परिचयपत्र भएका ७ लाख बढी व्यक्ति अझै मतदाता नामावलीमा समावेश नभएको देखाउँछ।
सम्बन्धित खबर
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो