पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी

नयाँ नेतृत्व

पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी

pokhara jaycess new team

पोखरा जेसीजको ४६ औं शाखा अधिवेशन तथा ५१ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। उक्त अधिवेशनले वर्ष २०२६ का लागी नयाँ नेतृत्व चयन गरेको छ । जसअन्तर्गत अध्यक्षमा सुमन पहारी निर्वाचित भएका छन्।

उनले अध्यक्ष पदका अर्का उम्मेदवार अनन्त प्रधानाङ्गलाई २६ मतान्तरले पराजित गर्न सफल भएका हुन् । ७८ मतदातासूची रहेको उक्त निर्वाचनमा जम्मा ७४ मत मात्र खसेको थियो ।

पहारीले ५० मत प्राप्त गरे ।  प्रधानाङ्गलाई जम्मा २४ मत मात्र प्राप्त भएको थियो। अध्यक्ष पदका अर्का प्रत्यासी श्रीकृष्ण सुनार मतदानमा सहभागी नहुँदै बाहिरिएपछि मुख्य प्रतिस्पर्धा पहारी र प्रधानाङ्गबीचमै सीमित भएको थियो।

यस्तै, नयाँ कार्यकारिणी उपाध्यक्षमा रबिन्द्र गोदार र उपाध्यक्षहरुमा सरोज पौडेल, सुजल गोदार, सन्दीप श्रीस र मुकेश अर्याल चयन भएका छन् । महासचिवमा सन्जय पौडेल, कोषाध्यक्ष  राजकुमार बोहोरा, सचिव मिना कुमारी थापा र कानुनी सल्लाहकार श्रीकृष्ण सुनार चुनिए ।

त्यस्तै, निर्देशक पदमा बिनय सुवेदी, डम्बर खडायत, सन्तोष सुनार, बिबेक सापकोटा लगायत चुनिएका छन्।

अधिवेशन सफलतापूर्वक सम्पन्न भएको पोखरा जेसीजका पूर्व अध्यक्ष तथा निर्वाचन आयुक्त गणेश गिरीले जानकारी गराए । नयाँ नेतृत्वले २०२६ का लागि संस्थालाई थप सक्रिय, प्रभावकारी र समुदायमुखी बनाउने पहारीले प्रतिबद्धता व्यक्त समेत गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ