पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा अब गणतन्त्रवादी दलहरूले नै बोकेर राजा ल्याउने बताएका छन् ।
पोखरा महानगरको अधिवेशनलाई सम्बोधन गर्दै उनले साे कुरा बताएका हुन् । उनले आफूहरूले ल्याउने राजा राप्रपाको मात्रै हुने भएकोले अब आउने राजा देशकै अभिभावक हुने र त्यो अहिलेका गणतन्त्रवादी दलहरूले नै बोकेर ल्याउने दाबी गरे ।
‘हामीले ल्याउने राजा हाम्रो मात्रै आउँछन्, आए भने पनि धेरै नटिक्न सक्छन्,’ उनले भने– ‘अब ल्याउने राजा देशको राजा हो । हामीले राजसंस्था ल्याउने हो तर त्यो कांग्रेस, एमाले र माओवादीलाई बोकाएर ल्याउने हो ।’ जेनजी आन्दोलनकै क्रममा राजसंस्था ल्याउनुपर्ने आवाज उठे पनि समय आएपछि मात्रै कदम चाल्नुपर्ने उनको तर्क छ ।
गणतन्त्र मान्ने दलहरूले नै आफूहरूसँग राजसंस्था ल्याउने विषयमा कुरा गरिरहेको भन्दै लिङ्देनले गणतन्त्र राष्ट्रिय एकताको दृष्टिकोणले खतरनाक भएको बताए । ‘तपाईंहरुले राम्रै विचारले राम्रै सोचले गणतन्त्र ल्याउनु भएको थियो होला । तर त्यो आज असल असफल साबित भयो,’ अघि भने- ‘तसर्थ राजा, राजनीतिक दल र जेन्जीको बिचमा एउटा सर्वपक्षीय सम्मेलन गरेर नेपाललाई सुहाउँदो मौलिक व्यवस्था निर्माण गर्न जरुरी छ ।’
उनले फागुन २१ को चुनावअघि नै देशलाई निकास दिनुपर्ने बताएका छन् । ‘चुनावको कुनै औचित्य छैन । तर चुनाव भयो भने एउटा राष्ट्रिय पार्टीको हिसाबले हामीले चुनावमा पनि भाग लिन्छौँ,’ लिङ्देनले भने– ‘चुनाव हाम्रो प्राथमिकता होइन । चुनावभन्दा अगाडि नै देशले एउटा निकास पाउनुपर्छ भन्ने हाम्रो प्राथमिकता हो ।’
यसैका लागि पार्टीको केन्द्रीय समिति बैठक डाकिएको भन्दै बैठकबाट निर्णय गर्ने उनको भनाई छ । चुनावमा सहभागी भए राप्रपा नै पहिलो दल हुने उनको दाबी छ । ‘यही अवस्थामा चुनाव भयो भने र हामीले राम्रो मेहनत गर्यौँ भने राप्रपा नेपालको पहिलो पार्टी बन्छ,’ उनले भने- ‘मेहनत गर्नुपर्यो, ठिक उम्मेदवार उठाउनुपर्यो । आफ्नै पार्टीलाई भोट हाल्नुपर्यो ।’
पार्टीको पदमै रहेकाहरूले समेत राप्रपालाई मत नदिएको उनको आरोप छ । अहिले गाउँमा गणतन्त्रवादी दलहरूलाई जनताले अस्वीकार गरेको अवस्थामा राप्रपा प्रमुख हुने लिङ्देनले सुनाए ।
‘अहिले कांग्रेस, एमाले, माओवादीले गाउँमा मुख देखाउन नसक्ने अवस्था छ । गाउँ गाउँका मानिसहरू कांग्रेस, एमाले, माओवादी छोडिराखेका छन्,’ उनले भने- ‘अहिले जोडिने ठाउँ नै राप्रपामा छ । अनि राप्रपाले कसरी जित्छ भन्ने ?’
सम्बन्धित खबर
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
रास्वपाले भोलि मन्त्रीको नाम टुंगो लगाउने, बैठक बस्दै
प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति समक्ष पेश
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर