काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सहित १२ राजनीतिक दलले निर्वाचन आयोगमा दर्ता गराएका छन् । आयोगले सोमबारबाट निर्वाचन प्रयोजनका लागि दल दर्ता सुरु गरेको हो ।
पहिलो दिन दर्ता भएका दलमध्ये पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा ११ औँ नम्बरमा दर्ता भएको छ । नेकपाका तर्फबाट राजेन्द्रप्रसाद पाण्डेसहितका नेता–कार्यकर्ता सोमबार आयोगमा पुगेर दल दर्ता प्रक्रिया पूरा गरेका थिए ।
निर्वाचन प्रयोजनका लागि दर्ता हुने पहिलो दल सन्ध्या खनाल नेतृत्वको देश विकास पार्टी, दोस्रो नम्बरमा दुर्गा सोव नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी, तेस्रो नम्बरमा द्रोण अधिकारी नेतृत्वको देशभक्त समाज पार्टी, चौथो नम्बरमा गीता क्षेत्री नेतृत्वको नेपाल लोकतान्त्रिक पार्टी, पाचौँ नम्बरमा नारायणमान विजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टी दर्ता भएको छ ।
यस्तै, छैटौ नम्बरमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), सातौ नम्बरमा प्रभु साह नेतृत्वको आम जनता पार्टी, आठौँ नम्बरमा बुद्धलाल मेचे नेतृत्वको मंगोल नेशनल अर्गनाइजेशन पार्टी, नवौँ नम्बरमा विश्वेन्द पासवान नेतृत्वको बहुजन शक्ति पार्टी र दशौँ नम्बरमा अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टी दर्ता भएका छन् ।
यस्तै, एघारौ नम्बरमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा र १२ औँ मेघबहादुर कामी नेतृत्वको नेपाल मानवतावादी पार्टी दर्ता भएको छ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनमा भाग लिन इच्छुक दलले मंसिर १० गतेभित्र दर्ता गरिसक्नुपर्ने सूचना आइतबार सार्वजनिक गरेको थियो ।
यसैबीच, आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दर्ता भएको दलको संख्या ३ पुगेको छ । पहिलो नम्बरमा नेपाल मजदुर किसान पार्टी, दोस्रोमा बहुजन शक्ति पार्टी र तेस्रोमा नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० दर्ता भएको आयोगले जनाएको छ । राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गरिसक्नुपर्ने अन्तिम मिति मंसिर ७ गते तोकिएको छ ।
सम्बन्धित खबर
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
रास्वपाले भोलि मन्त्रीको नाम टुंगो लगाउने, बैठक बस्दै
प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति समक्ष पेश
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर