महेश बस्नेत सवार गाडीमा काँग्रेस निकट विद्यार्थीले छ्यापिदिए रातो मसी

राजनीति

महेश बस्नेत सवार गाडीमा काँग्रेस निकट विद्यार्थीले छ्यापिदिए रातो मसी

गौतम नेपाल विद्यार्थी संघ मोरङका जिल्ला सदस्य, कुँवर पनि नेविसंघ निकट

Mahesh-Basnet-lai-rato-masi-1024×615

मोरङको विराटनगरमा महेश बस्नेत सवार गाडीमा एक युवकले रातो मसी छ्यापेका छन् ।

प्रहरी भ्यान पछिपछि गुडिरहेको महेश बस्नेत सवार कारमा युवाहरु सडक किनारबाट दगुर्दै गएर रातो मसी फ्याँकेका हुन् ।

महेश बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाने क्रममा एयरपोर्ट लाइनको सडकमा रातो मसी फ्याँकिएको हो ।

लगत्तै बस्नेत सवार गाडी रोकिएको थियो । प्रहरीले दुई जना युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा विराटनगर-२ का १९ वर्षीय अरजित कुँवर र विराटनगर-१ का २५ वर्षीय संजोग गौतम रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ ।

महेश बस्नेतले पनि आफू सवार गाडीमा रातो मसी फ्याँकिएको स्वीकार गरेका छन् । ‘एयरपोर्टबाट निस्किँदा दुई जना केटाले बेलुनमा पानी र अबिर भरेर लुकेर हानेका थिए’, बस्नेतले भने, ‘पछि पुलिसले समायो । हामी चाहिँ हिँड्यौं ।’

युवाहरू नेविसंघका सदस्य

बस्नेत सवार गाडीमा रातो मसी छ्याप्ने नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)मा आवद्ध विद्यार्थी रहेको खुलेको छ ।

पक्राउ परेका गौतम नेपाल विद्यार्थी संघ मोरङका जिल्ला सदस्य हुन् । उनी संस्थापनइतर समूहका हुन् ।

गौतमलाई डाक्टर शेखर कोइराला समूहले महेन्द्र मोरङ क्याम्पस नेपाल विद्यार्थी संघ इकाइ सभापति पनि बनाएको थियो ।

नेविस‌घ महेन्द्र मोरङमा संस्थापन समूहको सभापति भने प्रशान्त यादव छन् ।

महेन्द्र मोरङमा संस्थापन र कोइराला समूहको छुट्टाछुट्टै समिति छ । प्रहरी नियन्त्रणमा रहेका गौतम पार्टीको जिल्ला सदस्य समेत थिए । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिलाई दुर्व्यवहार गरेपछि उनलाई कारबाही गरिएको नेपाली कांग्रेस मोरङले दाबी गरेको छ ।

अर्पित कुँवर पनि नेविसंघ निकट नै रहेको प्रहरीले बताएको छ । कुँवरले मसी छ्यापेका हुन् भने गौतमले प्रहरी भ्यानमा बसेर समेत भिडियो बनाइरहेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ