कांग्रेसले गर्‍यो दल दर्ता, सभापति देउवा फेरि सक्रिय राजनीतिमा

राजनीति

कांग्रेसले गर्‍यो दल दर्ता, सभापति देउवा फेरि सक्रिय राजनीतिमा

आगामी निर्वाचनमा देउवाले नै टिकट बाँड्ने

Sher Bahadur Deuba

काठमाडौँ —कांग्रेसले ११ माघमा हुने राष्ट्रिय सभा र २१ फागुनको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्दा सभापति शेरबहादुर देउवाकै नाम र दस्तखत निर्वाचन आयोगमा बुझाएको छ ।

देउवाले २८ असोजमै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर सक्रिय राजनीतिबाट अलग हुने सन्देश दिए पनि उनलाई नै सभापतिमा राखेर कांग्रेसले दल दर्ताको निवेदन दिएको हो ।

योसँगै आगामी निर्वाचनका लागि देउवाले नै उम्मेदवारको टिकट बाँड्ने आकलन कांग्रेस नेताहरूले गरेका छन्।

निर्वाचनमा सहभागी हुने र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय शनिबारको केन्द्रीय कार्यसमितिको बैठकले गरेको थियो । त्यही बैठकको निर्णय, सभापतिको नाम, थर, पद र हस्ताक्षरसहित दल दर्ताको निवेदन पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले निर्वाचन आयोगमा बुझाएका छन् । दल दर्ता गर्दा आफ्नो नाम अघि सारेर सभापतिमा देउवाले आसन्न निर्वाचनको टिकट वितरणमा आफैं सक्रिय हुने सन्देश प्रवाह गरेका हुन् ।

खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएयता महाधिवेशन निर्वाचन अगाडि गर्ने कि पछाडि भन्ने विवादमै कांग्रेस रुमल्लिइरहेको छ ।

यसबीचमा कार्यवाहक सभापति खड्काको निर्णय क्षमतामाथि पनि प्रश्न उठ्न थालेको थियो । सिंगापुरमा उपचार गराएर फर्किएपछि देउवाले पार्टी नेताहरूसँग परामर्श थालेका थिए । दल दर्ताको निवेदनमा सभापति देउवाकै नाम राखिएपछि उनकै योजनामा पार्टी महाधिवेशन धकेल्न खोजिएको आशंका बलियो बनेको इतर पक्षले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ