फागुन २१ मा एमालेका कारण चुनाव हुँदैन भन्ने अफवाह फैलाइएको छ: ओली

राजनीति

फागुन २१ मा एमालेका कारण चुनाव हुँदैन भन्ने अफवाह फैलाइएको छ: ओली

kp oli gundu

नेकपा एमालेले फागुन २१ को निर्वाचनमा भाग लिने अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।

नागरिकका प्रधान-सम्पादक गुणराज लुइँटेलसँगको कुराकानीमा अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनर्स्थापनको मुद्दासँगै चुनावी तयारी गरिरहेको बताएका हुन्। नागरिकले ओलीसँगको उक्त अन्तर्वार्ताको समाचार प्रकाशन गरेको छ।

एमालेले प्रतिनिधिसभा चुनावका लागि आज दल दर्ता गर्नेछ। निर्वाचन कानुनअनुसार चुनावका लागि छुट्टै दल दर्ता गर्नुपर्छ। एमालेले केही दिनअघि राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गरेको थियो। प्रतिनिधिसभा तर्फ भने गरेको थिएन।

केन्द्रीय निर्वाचन विभाग प्रमुख नीरज आचार्यले पनि निर्धारित अवधिमै दल दर्ता गर्ने बताएका थिए। उनले नहुने चुनावमा एमाले नदौडने तर आफ्नो संस्था अद्यावधिक गर्ने योजनाअनुसार दल दर्ता गर्न लागेको बताए।

अध्यक्ष ओलीले फागुन २१ मा एमालेका कारण चुनाव हुँदैन भन्ने अफवाह फैलाइएको पनि बताए। उनले निर्वाचन नभए त्यसको सम्पूर्ण दोष सरकारकै हुने जिकिर गरेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ