एमाले महाधिवेशनको नारा- ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’

राजनीति

एमाले महाधिवेशनको नारा- ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’

महाधिवेशनको उद्‍घाटन भक्तपुरको सल्लाघारीमा

uml_party_office_chysal

काठमाडौं । नेकपा एमालेले ११औं महाधिवेशनको मूल नारा तय गरेको छ । च्यासलमा बसेको महाधिवेशन सचिवालय बैठकले महाधिवेशनको तयारी योजनासहित विभिन्न निर्णय गरेको छ ।

जसअनुसार ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ मूल नारासहित एमाले महाधिवशेनमा जानेछ । यही मंसिर २७-२९ मा एमालेको महाधिवेशन हुँदैछ ।

महाधिवेशन उद्‍घाटन भक्तपुरको सल्लाघारीमा हुने भएको छ । उद्घाटनपछि हुने बन्दसत्रलगायतका सबै कार्यक्रम भृकुटीमण्डपमा हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

महाधिवेशनका लागि मंसिर ७ गतेदेखि नै हरेक निर्वाचन क्षेत्र विभागमा प्रक्रिया सुरु भइसकेको हुनाले जानकारी दिए । यसपटकको महाधिवेशनमा नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले मंगलबार आफू अध्यक्षका लागि उम्मेदवार हुने घोषणा गरेका छन्। महाधिवेशन प्रतिनिधि चयनका लागि संस्थापन पक्ष र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीच रस्साकसी चलेको छ।

जिल्ला-जिल्लामा आ-आफ्नो पक्षको महाधिवेशन प्रतिनिधि चयन गर्न नेताहरूले लबिङ सुरु गरेका छन्।

महाधिवेशनको तयारीका लागि बनेका १२ उपसमितिले अहिलेसम्म भएगरेका कामको प्रगतिबारे जानकारी गराउनुको साथै योजना प्रस्तुत गरेको गौतमको भनाइ छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ