‘ओलीको खेलमा, सुशीलाको झेलमा, जेन-जी सबै जेलमा’ : माइतीघरमा जेनजी समूहको नारा

राजनीति

‘ओलीको खेलमा, सुशीलाको झेलमा, जेन-जी सबै जेलमा’ : माइतीघरमा जेनजी समूहको नारा

टाउकोमा कालो पट्टी

Genz-

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध जेनजी समूह फेरि सडकमा उत्रिएको छ।

माइतीघरमा जेनजीको समूहले आज सरकारविरुद्ध प्रदर्शन गरेका छन् । सहभागीहरूले माइतीघरमा भेला भएर पम्प्लेटसहित सरकारको विरोध प्रदर्शन गरेका हुन् ।

टाउकोमा कालो पट्टी बाँधेका प्रदर्शनकारीहरूले ‘ओलीको खेलमा, सुशीलाको झेलमा, जेन-जी सबै जेलमा’, ‘सुशीलाको पाराले, दुख पाए साराले’, ‘जेनजीको आडमा चुरीफुरी, सुशीला सरकार कुरीकुरी’, ‘जेनजीको माग चुनाव होइन, सुशासन हो’ जस्ता नारा लेखिएका पम्प्लेट प्रदर्शन गरेको छन्।

प्रदर्शनमा रहेको समूहले माइतीघरबाट सबै जेनजीलाई एकताबद्ध हुनसमेत आह्वान गरेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ