३८ वर्षपछि डाँकाचोरीका फरार प्रतिवादी समातिए

३८ वर्षपछि डाँकाचोरीका फरार प्रतिवादी समातिए

pakrau-13

३८ वर्षदेखि फरार रहेर लुकिछिपी बस्दै आएका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ ।

पुतलीबजार नगरपालिका –८ (साविक कोल्मा बराहचौर –८) का ६८ वर्षीय कृष्णबहादुर शाहीलाई शुक्रबार प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

लामो समयदेखि विभिन्न स्थानमा लुकेर बस्दै आएका शाहीलाई पक्राउ गरी कैद भुक्तानका लागि जिल्ला कारागार स्याङ्जा चलान गरिएको डिएसपी चौधरीले बताए । उनका अनुसार फैसला कार्यान्वयन हुन नदिई शाही वर्षौंदेखि उम्किरहेका थिए ।

स्याङ्जा जिल्ला अदालतले २०४३ साल माघ ७ गते बहाकोट गाविस –७, गेउडाँडामा भएको डाँकाचोरी प्रकरणमा शाहीलाई आठ महिना चार दिनको कैद सजाय तोकेको थियो । तर फैसला भएपछि उनी फरार रहेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds