पञ्चकन्या माविमा पूर्व विद्यार्थीद्वारा पोशाक वितरण

पूर्व विद्यार्थीको पहल

पञ्चकन्या माविमा पूर्व विद्यार्थीद्वारा पोशाक वितरण

Poshak-bitaran-panchakanya-mabi

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित पञ्चकन्या माध्यमिक विद्यालयमा अध्ययनरत ३२२ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ ।

विद्यालयमा अध्ययन गरेका २०६५ सालको एसएलसी ब्याचका पूर्व विद्यार्थीहरुले सामूहिक पहलमा पोशाक वितरण गरेका हुन् ।

देश तथा विदेशमा रहेका २०६५ सालको एसएलसी ब्याचका ८४ मध्ये ४२ जना पूर्व विद्यार्थीहरूले जुटाएको दुई लाख ४१ हजार पाँच सय रुपैयाँ बराबरको पोशाक एक कार्यक्रममार्फत वितरण गरिएको विद्यालयका प्रधानाध्यापक जीत बहादुर थापाले जानकारी दिए ।

कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका सबै विद्यार्थीलाई पोशाक प्रदान गरिएको छ भने कक्षा १० देखि १२ सम्मका आर्थिक रूपमा कमजोर विद्यार्थीले पनि सहयोग पाएका छन् ।

पूर्व विद्यार्थी तथा विद्यालयका शिक्षक टीकाराम सुवेदी (पृथ्वी) ले आफूहरु पढ्दा अनुभव गरेको कुरा साझा गर्दै विद्यार्थीहरूको पोशाकमा नियमितता हुनु शिक्षा र अनुशासन दुवैका लागि महत्वपूर्ण भएको बताए । उनले आर्थिक दृष्टिले कमजोर वर्गका विद्यार्थीका लागि यस किसिमको सहयोग ठूलो राहतको रूपमा रहेको पनि उल्लेख गरे ।

यस्तै, पूर्व विद्यार्थी तथा विद्यालयका शिक्षक सुरेन्द्र काफ्लेले यस कार्यक्रमले विद्यालयसँग पूर्व विद्यार्थीको सम्बन्धलाई बलियो बनाउने अवसर प्रदान गरेको र अन्य सरोकारवालाहरूका लागि उदाहरणीय पहल बन्न सक्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सपना गुरुङले स्थानीय तहले यस प्रकारका सकारात्मक प्रयासमा साथ दिने प्रतिबद्धता व्यक्त गरिन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर अधिकारीले पूर्व विद्यार्थीको योगदानले संस्थासँगको सम्बन्ध अझ मजबुत बन्दै गएको बताए ।

कार्यक्रममा पूर्व विद्यार्थी प्रमोद लम्साल, शिक्षक शोभाकान्त पौडेल लगायतले आआफ्ना धारणा राखेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ