राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विवेकशील साझा पार्टीसँग एकता घोषणा गर्दा आज पार्टी सभापति रवि लामिछानेको तस्बिर नराखी गरेको छ ।
यसअघिका सम्पूर्ण कार्यक्रममा सभापति लामिछानेको तस्बिर राख्ने गरेको रास्वपाले अहिले किन राखेन भनेर रास्वपाका नेताले आपत्ति जनाएका छन् ।
सभापतिको तस्बिरलाई रास्वपाले ट्रेड मार्ककै रुपमा राख्ने गरे पनि अहिले नराख्दा पार्टीको गतिविधि माथि नै प्रश्न गर्दै रास्वपा नेता यज्ञमणि न्यौपानेले असन्तुष्टि जनाएका हुन् ।
उनले सभापतिको फोटो राखेरै एकता सन्देश दिने मन हुँदाहुँदै पनि किन राखिएन भन्दै प्रश्न पनि गरेका छन् ।
उनले सभापतिसँग माफी माग्दै एकता सन्देशले राम्रो सन्देश प्रवाह गरे पनि फोटो छुट्नु दु:खद भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘माफ पाउँ सभापति ज्यू, हजुरको फोटो राखेर एकताको सन्देश दिने मन हुनेहरु सँग त्यो कार्यक्रमको मोडालिटी कायम गर्ने इजाजत थिएन । जससँग अधिकार र इजाजत थियो उहाँहरुले राख्नुभएन। तथापि सभापतिज्यू एकता भयो राम्रो भयो। अब कुलमान, बालेन, हर्क र गोपी हमालसँग पनि वार्ता संवाद गर्नुपर्छ। अनि एकता गर्नुपर्छ। राज्य सत्ताले तपाईँलाई जबरजस्त राखेको थुनाबाट मुक्त गर्नुपर्छ ।अनि बन्छ देश, अनि बनाइन्छ देश, यही आशा र भरोसँग बाँचेका छौं सभापतिज्यू।’
न्यौपानेको यो धारणामा पक्ष र विपक्षमा कमेन्ट आउने क्रम जारी छ। यस विषयमा पार्टीपंतीले भने केही धारणा सार्वजनिक गरेको छैन ।
सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला