काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सरगर्मी बढेको छ । मतदानको मिति आउन अब ९० दिन मात्र बाँकी छ । समय नजिकिँदै गर्दा निर्वाचन आयोग र राजनीतिक दलहरूले तयारी तीव्र पारेका छन् ।
आयोगले निर्वाचन कार्यक्रम अन्तर्गत शनिबारदेखि नै समानुपातिक तर्फको प्रक्रिया थाल्ने भएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार शनिबार (मंसिर २१ गते) दलहरूले समानुपातिक प्रणालीका लागि निवेदन दिनुपर्नेछ । यसका लागि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय तोकिएको छ । आवेदन दिएका दलहरूको सूची मंसिर २४ गते प्रकाशित हुनेछ ।
दलहरूले आगामी पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्नुपर्नेछ । बन्दसूची बुझाउन बिहान १० देखि ४ बजेसम्मको समय निर्धारण गरिएको छ । समानुपातिकतर्फका उम्मेदवारको अन्तिम बन्दसूची भने माघ ३० गते प्रकाशित हुनेछ ।
प्रत्यक्षतर्फको निर्वाचन कार्यतालिका पनि सार्वजनिक भएको छ । जसअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ । सोही दिन उम्मेदवारको सूची प्रकाशन गरिनेछ । माघ ७ गते उम्मेदवारीमाथि विरोधमा उजुरी दिने समय तोकिएको छ ।
आयोगले माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । माघ ९ गते उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ ।
सम्बन्धित खबर
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
रास्वपाले भोलि मन्त्रीको नाम टुंगो लगाउने, बैठक बस्दै
प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति समक्ष पेश
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर