चुनावको राम्रो तयारी गर्न प्रधानमन्त्रीलाई पूर्वराष्ट्रपति भण्डारीको सुझाव

राजनीति

चुनावको राम्रो तयारी गर्न प्रधानमन्त्रीलाई पूर्वराष्ट्रपति भण्डारीको सुझाव

'नेपालको पहिलो महिला प्रधानन्यायाधीश तथा प्रधानमन्त्री र पहिलो महिला राष्ट्रपतिबीच भेटघाट हुनु ऐतिहासिक'

sushila-bidhya

काठमाडौँ — आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा सिंहदरबारसहित संसद् भवन, सर्वोच्च अदालत लगायतका सरकारी भवनमा आगजनी र तोडफोडसमेत भएको थियो ।

प्रधानमन्त्री कार्कीलाई भेट्नुअघि भण्डारीले आगजनी र तोडफोड भएको सिंहदरबारको अवलोकन एवं निरीक्षणसमेत गरेकी थिइन्।

भण्डारी र कार्कीबीच आगामी निर्वाचन, देशको समसामयिक राजनीतिक अवस्थाबारे पनि छलफल भएको स्रोतले जानकारी दिएको छ ।

भेटपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न प्रतिनिधिसभाको निर्वाचन गर्न राम्रो तयारी गर्न सुझाव दिएको बताइन् ।

प्रधानमन्त्री कार्कीले उक्त घटनापछि उत्पन्न परिस्थितिका कारण आफूले जिम्मेवारी सम्हाल्नुपरेको जानकारी दिँदै सरकारले ती घटनाका विषयमा छानबिनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् ।

भ्रष्टाचार नियन्त्रण र आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको तयारीलाई समान प्राथमिकताका साथ काम गरिरहेको कार्कीको भनाइ छ । उनले पूर्वराष्ट्रपति भण्डारीसमक्ष निर्वाचनको वातावरण निर्माणका लागि आफ्नो ठाउँबाट भूमिका खेलिदिन पनि आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस्तै भेटवार्तापछि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले गरिरहेको कामका बारेमा प्रधानमन्त्रीले चर्चा गरेको र पूर्वराष्ट्रपति भण्डारीले फागुन २१ गतेको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सुझाव दिएको बताए ।

जेन-जी आन्दोलनपछि बनेको सरकारले सुशासनका काममा गरेको काम सकारात्मक भएको प्रतिक्रिया भण्डारीको रहेका खरेलले सुनाए ।

मन्त्री खरेलले नेपालको पहिलो महिला प्रधानन्यायाधीश तथा प्रधानमन्त्री र पहिलो महिला राष्ट्रपतिबीच भेटघाट हुनु ऐतिहासिक भएको पनि बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ