बालेन निवास पुगेर फर्किन् प्रधानमन्त्री कार्की

राजनीति

बालेन निवास पुगेर फर्किन् प्रधानमन्त्री कार्की

Sushila-Karki-Balen-Shah

प्रधानमन्त्री सुशीला कार्की काठमाडौं महानगरपालिकाका मेयर बालेनको घर पुगेर फर्किएकी छन् ।

कार्की आज गैरीगाउँस्थित बालेनको घरमा पुगेकी हुन् । पिताको शोकमा रहेका बालेनलाई भेट्न पुगेकी प्रधानमन्त्री कार्कीले बालेनका बुबा रामनारायण साहको निधनमा श्रद्धाञ्जली दिएकी छन् ।

बालेन निवासमा उनी करिब २० मिनेट बसेर फर्किएकी हुन् । यसअघि गृहमन्त्री ओमप्रकाश अर्याल, पूर्वमन्त्रीहरू तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि बालेन निवास पुगका छन् ।

मेयर बालेनका बुबाको मंसिर १५ गते निधन भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ