जनार्दन शर्मा गृहजिल्लामै पूर्वमाओवादी कार्यकर्ताबाट अपमानित

राजनीति

जनार्दन शर्मा गृहजिल्लामै पूर्वमाओवादी कार्यकर्ताबाट अपमानित

janardan-25-1765092748

रुकुम । प्रचण्डको साथ छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा लागेका जनार्दन शर्मालाई आफ्नै गृहजिल्लामा कालो झण्डा देख्नुपरेको छ ।

शर्मालाई गृहजिल्लामा कर्णालीका पूर्वमुख्यमन्त्रीसहितका केही नेताको मात्र साथ छ ।

आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मामाथि रुकुमको सल्ले विमानस्थलमा कालो झण्डा देखाएर कार्यकर्ताले विरोध जनाएका हुन् ।

शर्मा आज जिल्लास्थित प्रलोपाको पार्टी कार्यालय उद्घाटन र भोलि हुने युवाहरूको कार्यक्रममा सहभागी हुन गृहजिल्ला आएका थिए । शर्मा आउने चाल पाएपछि तत्कालीन माओवादी केन्द्रका आठबिसकोट नगर कमिटीका पूर्वअध्यक्ष मानबहादुर चदरासहितका नेता तथा कार्यकर्ताहरू मुसीकोट–१ स्थित विमानस्थल पुगेका थिए ।

विमानस्थलमा शर्मानिकटका नेता तथा कार्यकर्ता पनि थिए । शर्मा विमानस्थलको गेटबाट निस्कन नपाउँदै पूर्वमाओवादी कार्यकर्ताले शर्माविरुद्ध नाराबाजी लगाउँदै कालो झण्डा देखाएका थिए । शर्मालाई उनका पूर्वकार्यकर्ताले जनातालाई धोका दिएको आरोपसमेत लगाए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds