लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित कविता प्रतियोगितामा वालिङ नगरपालिकास्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयकी कक्षा ११ मा अध्ययनरत छात्रा स्मारिका अर्याल प्रथम भएकी छन् ।
एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा सम्पन्न सचेतनामूलक कविता प्रतियोगितामा चापाकोट नगरपालिकास्थित बैडी माध्यमिक विद्यालयकी कक्षा १० मा अध्ययनरत आरती बस्याल द्वितीय भइन् । यस्तै, कालीगण्डकी गाउँपालिकास्थित मिर्मी आधारभूत विद्यालयकी कक्षा ५ की दिव्या भट्टराई तृतीय र कालीगण्डकीकै ध्रुवज्योति आधारभूत विद्यालयका कक्षा २ मा अध्ययनरत रिदम पाण्डे सान्त्वना भएका छन् ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः नगद पाँच हजार, चार हजार, तीन हजार र दुई हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको कार्यालय प्रमुख जीवन पौडेलले जानकारी दिए ।
प्रतियोगितामा स्याङ्जाभरका कक्षा २ देखि कक्षा ११ सम्म अध्ययनरत ३५ जना छात्र तथा छात्राको सहभागिता रहेको थियो । “प्रविधिको सहि प्रयोग गर्दै लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नारासहित आयोजित प्रतियोगितामा सहभागी विद्यार्थीले घरमै कविता रेकर्ड गरी अनलाइन माध्यमबाट कार्यालयमा पठाएका थिए ।
सम्बन्धित खबर
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला