स्याङ्जाको पुतलीबजार नगरपालिकाले नगरभित्रका विपन्न परिवारलाई लक्षित गर्दै नौ हजार ५२० वटा कुखुराका चल्ला वितरण गरेको छ । नगरपालिकाका १४ वडामध्ये वडा नं–११ बाहेकका सबै वडाका ९९८ जना लाभग्राहीलाई चल्ला र दाना प्रदान गरिएको हो ।
प्रदेश सशर्त अनुदानअन्तर्गत सञ्चालन गरिएको ‘मासुमा आत्मनिर्भर तथा स्वस्थ मासु उत्पादन कार्यक्रम’ मार्फत निःशुल्क रूपमा कुखुराका चल्ला वितरण गरिएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिए । उनका अनुसार कार्यक्रमले स्थानीयस्तरमै मासु उत्पादन बढाउने र किसानको आम्दानीमा सहयोग पुर्याउने उद्देश्य राखेको छ ।
वडागत रूपमा वडा नं–१ मा ८० जनालाई ७२०, वडा नं–२ मा ७० जनालाई ७२०, वडा नं–३ मा ७८ जनालाई ७०४, वडा नं–४ मा ६० जनालाई ६६०, वडा नं–५ मा ७० जनालाई ७०५, वडा नं–६ मा ६० जनालाई ६६०, वडा नं–७ मा ७२ जनालाई ७३०, वडा नं–८ मा ७१ जनालाई ७१४, वडा नं–९ मा ७८ जनालाई ७५८, वडा नं–१० मा ७० जनालाई ७२०, वडा नं–१२ मा ७१ जनालाई ७२०, वडा नं–१३ मा १२८ जनालाई ८५० र वडा नं–१४ मा ९० जनालाई ८५० वटा कुखुराका चल्ला वितरण गरिएको छ ।
किसानको माग र क्षमताअनुसार प्रति किसान नौदेखि १५ वटासम्म चल्ला तथा आवश्यक दाना उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । वितरण गरिएका चल्ला अण्डा र मासु दुवै उत्पादन गर्ने प्रजातिका रहेको बताउँदै नगरप्रमुख रेग्मीले किसानको मेहनत र उत्पादनको आधारमा आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरे ।
वडा कार्यालयको सिफारिसमा छनोट भएका किसानलाई न्यु ह्याम्प्सायर र ब्ल्याक अस्ट्रालोर्प प्रजातिका चल्ला वितरण गरिएको हो । ती चल्ला तथा दाना राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराबाट उत्पादन गरिएको नगरपालिकाले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला