एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे

राजनीति

एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे

'पार्टीलाई आफ्नो अनुभवको आधारमा योगदान गर्ने'

yubraj_astalaxmi

काठमाडौँ । नेकपा एमालेमा नेतृत्वको रस्साकस्सी चलिरहेका बेला तीन जना शीर्ष नेताले सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् ।

तर उनीहरुले पार्टीको सदस्यता भने कायम राख्ने बताएका छन् । यसरी सक्रिय राजनीति नगर्ने घोषणा गर्नेहरूमा उपाध्यक्षद्धय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य तथा अनुशासन आयोग अध्यक्ष केशव बडाल छन् ।

उनीहरुले अब कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । नेकपा एमालेको ११औँ महाधिवेशनमा सात दशक पार गरेका नेताहरूबिच नेतृत्वका लागि प्रतिस्पर्धा हुन लागेका बेला तीन नेताले स्वेच्छिक अवकाश रोजेर रस्साकस्सीमा रमाउनेहरूका लागि उदाहरण बनेका छन् ।

एमालेको जारी महाधिवेशनको बन्दसत्रमा ज्ञवाली, शाक्य र बडालले अब सक्रिय राजनीति र नेतृत्वबाट बिदा लिएर पार्टीलाई आफ्नो अनुभवको आधारमा योगदान गर्ने घोषणा गरेका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ