स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा एकदिने बृहत् स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । अर्जुनचौपारी गाउँपालिकाको सहकार्यमा खुमा अर्याल फाउन्डेसनले पुस ५ गते गाउँपालिकाको प्राङ्गणमा शिविर सञ्चालन गर्ने भएको हो ।
गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोगमा हुने शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोली खटिने फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिए ।
शिविरमा मुटु तथा मृगौलासम्बन्धी समस्यासहित विभिन्न रोगको जाँच र उपचार सेवा उपलब्ध गराइने र आवश्यक औषधि समेत निःशुल्क वितरण गरिने फाउन्डेसनले जनाएको छ ।
जनरल फिजिसियनमार्फत सबै प्रकारका रोगको प्रारम्भिक जाँच गरिनेछ भने इको, इसिजी र अन्य आवश्यक प्रयोगशाला परीक्षणहरू पनि निःशुल्क गरिने व्यवस्था गरिएको छ । शिविरमा महिलाका लागि पाठेघरको क्यान्सर जाँच, भिडियो एक्स–रे, मुटुको भिडियो एक्स–रे, इको, इसिजी तथा विविध ल्याब सेवा समेत नि:शुल्क उपलब्ध हुनेछ ।
जटिल स्वास्थ्य समस्या देखिएर शिविरमार्फत रिफर गरिएका बिरामीलाई गण्डकी मेडिकल कलेज पोखरामा औषधिमा पाँच प्रतिशत र उपचारमा २० प्रतिशत छुटको व्यवस्था गरिने फाउन्डेसनका अध्यक्ष शर्माले बताए ।
पुस ५ गते बिहान ८ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुने शिविरमा स्वास्थ्य परीक्षणका लागि सबैलाई सहभागी हुन गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले आग्रह गरेका छन् ।
खुमा अर्याल फाउन्डेसन विगत सात वर्षदेखि सामाजिक तथा राहतका क्षेत्रमा सक्रिय रहँदै आएको छ ।
सम्बन्धित खबर
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला