एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि

राजनीति

एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि

सकिन साढे ८ घण्टाभन्दा लामो समय लाग्ने, राति १० बजे अगावै अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी

kp pradip

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत भृकुटीमण्डपमा नयाँ नेतृत्वका लागि मतदान जारी रहेको छ।

नयाँ नेतृत्व चयन गर्न भृकुटीमण्डपमा प्रतिनिधिहरू लाइन बसेका छन्। केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार अध्यक्ष पदका उम्मेदवारद्वय अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरिसकेका हुन्।

दुई लाइनमा मतदान भइरहेको छ। ३०१ केन्द्रीय सदस्यका लागि ६६० जनाले उम्मेदवारी दर्ता गरेका छन्।

बिहान ९:२० बजे सुरु भएको मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएका छन्।

एक जना व्यक्तिलाई मतदान प्रक्रिया पूरा गर्न करिब २० मिनेट लाग्ने गरेको छ। यसरी आधा घण्टामा  ८० वटा विद्युतीय भोटिङ मेसिनमार्फत ८० वटा मतदान हुने गरेको छ।

एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार कुल २ हजार २६३ मतदातामध्ये मतदान प्रक्रियामा प्रतिनिधिहरूको सहभागिता उत्साहपूर्ण देखिन्छ।

गौतमले भने, ‘मतदान अत्यन्तै सकारात्मक र व्यवस्थित ढंगले अगाडि बढिरहेको छ। निष्पक्ष र भयरहित वातावरणमा मतदाताले आफ्नो नेता छान्ने पाउने अधिकारको सुनिश्चितता गरिएको छ।’

उनका अनुसार मतदान प्रक्रिया पूर्ण रूपमा सकिन साढे ८ घण्टाभन्दा लामो समय लाग्ने देखिएको छ। मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गरिने उनको भनाइ छ। गौतमले आज राति १० बजे अगावै अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी रहेको बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ