केपी शर्मा ओली नेकपा (एमाले) को एघारौं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन् ।
अध्यक्षका अर्का प्रत्यासी बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भारी मतान्तरले पराजित गर्दै ओली तेस्रो पटक पार्टीको बागडोर सम्हाल्न पुगेका छन्।
सार्वजनिक अन्तिम मतपरिणाम अनुसार एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली पक्षको एकछत्र वर्चश्व देखिएको छ। दुई छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएकोमा अधिकांश पदमा ओली प्यानलका उम्मेदवारले बाजी मारेका छन्।
ईश्वर पोखरेलको प्यानलबाट पदाधिकारीमा जम्मा दुई जना नेताले मात्र जित हासिल गर्न सके।
पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई मात्र विजयी भएका छन्। सचिव लगायत अन्य महत्त्वपूर्ण पदहरूमा ओली प्यानलका उम्मेदवारहरू नै निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।
यस्तै, तत्कालीन नेकपा माओवादीसँग एकता भई पछि फुट आउँदा एमालेमै बसेका नेताहरुले दुवै प्यानलबाट मत पाएको देखिन्छ । उपाध्यक्ष रामबहादुर थापा बादल र उपमहासचिव लेखराज भट्टले राम्रो मत पाए ।
एमाले ११ औं महाधिवेशन मतपरिणाम –
अध्यक्ष (१)
• केपी शर्मा ओली : १६६३ (विजयी)
• ईश्वर पोखरेल : ५६४
उपाध्यक्ष (५)
• पृथ्वी सुब्बा गुरुङ : १७३७ (विजयी)
• विष्णु प्रसाद पौडेल : १६७५ (विजयी)
• रामबहादुर थापा ‘बादल’ : १५१६ (विजयी)
• गोकर्ण राज विष्ट : १३६८ (विजयी)
• गुरु प्रसाद बराल : ११३७ (विजयी)
अन्य उम्मेदवार:
• रघुजी पन्त : १२५८
• बिन्दा पाण्डे : ९२१
• परशुराम मेघी गुरुङ : ४६१
• अरुण नेपाल : ४३९
• टंक प्रसाद कार्की : ३५८
• भीमप्रसाद आचार्य : २६५
महासचिव (१)
• शंकर पोखरेल : १२२८ (विजयी)
• सुरेन्द्र प्रसाद पाण्डे : ९९९
उपमहासचिव (३)
• लेखराज भट्ट : १४५२ (विजयी)
• रघुवीर महासेठ : १३६८ (विजयी)
• योगेश भट्टराई : १३४८ (विजयी)
अन्य उम्मेदवार:
• विष्णु प्रसाद रिमाल : १०९१
• आनन्द प्रसाद पोखरेल : ६३५
• वैजनाथ चौधरी : ५१७
• राजेन्द्र प्रसाद गौतम : २७०
सचिव (९)
• महेश बस्नेत : १५४४ (विजयी)
• पद्मा कुमारी अर्याल : १५३० (विजयी)
• छविलाल विश्वकर्मा : १५०६ (विजयी)
• शेरधन राई : १५०३ (विजयी)
• खगराज अधिकारी : १२३१ (विजयी)
• हिक्मत कुमार कार्की : १३३७ (विजयी)
• यमलाल कँडेल : ११८५ (विजयी)
• राजन भट्टराई : ११८१ (विजयी)
• भानुभक्त ढकाल : ११०८ (विजयी)
अन्य उम्मेदवार:
• गोकुल प्रसाद बास्कोटा : १०३०
• ठाकुर प्रसाद गैरे : ८८३
• रचना खड्का : ८७७
• कर्णबहादुर थापा : ८४७
• अग्नि प्रसाद खरेल : ७१६
• विनोद प्रसाद ढकाल : ६८४
• कृष्ण गोपाल श्रेष्ठ : ६२५
• पेम्बा लामा : ४९३
• लाल बाबु पण्डित : ४९६
• इन्द्रलाल साप्कोटा : ४०५
• पुरुषोत्तम पौडेल : ४६२
सम्बन्धित खबर
गण्डकीका खगराज अधिकारी सचिव पदमा विजयसँगै पदाधिकारीमा इन्ट्री, पद्मा दोहोरिइन्
महासचिव नपाएपछि उपाध्यक्ष त्याग्दै केन्द्रीय सदस्यको उम्मेदवार बनेका ज्ञवाली सर्वाधिक मतले निर्वाचित
एमाले पदाधिकारीमा उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङलाई सर्वाधिक मत
महासचिवमा टक्कर दिएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्य पदमा पराजित
उपमहासचिवमा दोहोरिन चाहेका ओलीका प्रिय विष्णु रिमाल केन्द्रीय सदस्य पनि हारे
एमाले सचिवमा ओली प्यानलबाट महेश बस्नेतले सर्वाधिक मत पाउँदा पोखरेल प्यानलका गोकुल बाँस्कोटा पराजित
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?