महासचिवमा टक्कर दिएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्य पदमा पराजित

राजनीति

महासचिवमा टक्कर दिएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्य पदमा पराजित

Surendra-Pandey

काठमाडौं । नेकपा एमालेको महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् ।

एघारौं महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानका क्रममा पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित भएका हुन् ।

उनी महासचिवमा शंकर पोखरेलसँग पराजित भएका थिए ।

पोखरेल यसअघि पनि महासचिव थिए । उनी १२ सय २८ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत ल्याए ।

यसअघि काठमाडौंमा २०७१ मा सम्पन्न नवौँ महाधिवेशनमा सुरेन्द्र पाण्डे झिनो मतान्तरले महासचिवमा पराजित भएका थिए । त्यतिबेला महासचिवमा ओली प्यानलबाट ईश्वर पोखरेल र नेपाल प्यानलबाट पाण्डे प्रतिस्पर्धी थिए । पोखरेलले १०३६ मत पाउँदा पाण्डेले १०३० मत पाएका थिए ।

सौराहामा २०७८ मा आयोजित दसौँ महाधिवेशनमा भने पाण्डे ओली प्यानलबाटै उपाध्यक्षमा निर्वाचित भएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ