स्याङ्जामा पछिल्लो समय फरार रहेका कसूरदारहरु धमाधम पक्राउ पर्न थालेका छन् । सोही क्रममा बिहीबार विभिन्न मुद्दामा अदालतबाट फैसला भई जरिवाना भुक्तान गर्न बाँकी रहेका तीन फरार कसूरदारहरूलाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भीरकोट नगरपालिका–३ की ५० वर्षीया बुद्धिसरा खत्री रहेकी छन् । उनी ‘खाना लाउन खर्च’ मुद्दामा दोषी ठहर भई तीन हजार ४९० रुपैयाँ जरिवाना तिर्न बाँकी रहेको जनाइएको छ । यस्तै, चापाकोट नगरपालिका–४ का २८ वर्षीय मोहम्मद मुकतार ‘घरेलु हिंसा’ मुद्दामा तीन हजार रुपैयाँ जरिवाना नतिरी फरार रहेका थिए ।
त्यसैगरी, भीरकोट नगरपालिका–८ का आश बहादुर कामी ‘चोरी सम्बन्धी कसूर’ मुद्दामा एक हजार पाँच सय रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको अवस्थामा पक्राउ परेका हुन् ।
पक्राउ परेका फरार कसूरदारहरूलाई जरिवाना असुलका लागि स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिए । उनले अदालतका फैसला कार्यान्वयनलाई निरन्तरता दिने र बाँकी रहेका फरार प्रतिवादीहरूलाई समेत कानुनी दायरामा ल्याउने बताए ।
अदालतको आदेश कार्यान्वयन गर्दै न्यायिक प्रक्रियालाई पूर्णता दिने र सुरक्षित तथा न्यायपूर्ण समाज निर्माणमा सहयोग पुर्याउने उद्देश्यले फरारलाई पक्राउ गर्न अप्रेसन नै सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
भोटेकोशी बाढीपछि सम्पर्कविहीन आठ जनाका परिवारबाट डीएनए नमुना
अवैध रूपमा कंक्रिट ओसारपसार गर्ने टिप्परलाई २५ हजार जरिवाना
२५ वर्षदेखि छाङछाङदीमा बस्दै आएका साधु वालिङमा मृत फेला
बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी