रवि लामिछाने भोलि मात्र छुट्ने

राजनीति

रवि लामिछाने भोलि मात्र छुट्ने

रविलाई छोड्न उच्च अदालतले राखेको पाँच शर्त

Rabi-lamichhane-bhairhawa

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोलि मात्र छुट्ने भएका छन्।

नख्खु कारागार पुगेका रास्वपाका केन्द्रीय सदस्य हरि ढकालले छुट पुर्जी नभएकोले भोलि मात्र रवि छुट्ने बताएका हुन्।

‘छुट पुर्जी चाहिने र जिल्ला अदालतबाट भोलि मात्र पुर्जी आउने हुँदा भोलि दाइ यहाँबाट भैरहवामा छुट पुर्जी लिन जानु हुनेछ। त्यसैले भोलि छुट्ने हुनुभयो,’ उनले भने।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई धरौटी रकम बुझाएर रिहा गर्न आदेश दिएको थियो।

बिहीबार न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रवि लामिछानेले गरेको निवेदनअनुसार बिगो बमोजिमको धरौटी रकम बुझाएर छाड्न आदेश दिएको हो।

बुटवलको सुप्रिम सहकारी ठगी‍ प्रकरणमा राष्ट्रिय स्वतन्त्र स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्दा अदालतले विभिन्न सर्त राखेको छ।

रविलाई छोड्न उच्च अदालतले राखेको पाँच शर्त

लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गर्दा पाँच वटा शर्त तोकेको छ । न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले यस्तो शर्त राखेको हो ।

यसअघि पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गर्न उच्चले बचतकर्ता तथा लगानीकर्ताको रकम सुनिश्चितता नै पहिलो प्राथमिकता राखेको भन्दै पाँच शर्तमा धरौटी स्वीकार गर्ने आदेश गरेको भनिएको छ । उच्चले राखेको पहिलो शर्तमा

  • जिल्ला अदालतबाट २०८१ माघ १३ मा सुरु थुनछेक बहसका क्रममा माग गरेको धरौटी रकम स्वीकार गर्ने ।
  • लामिछानेले पेस गरेको बैंक जमानत २ करोड ७४ लाख ८४ हजार बिगोको हकमा सुरक्षित गर्ने ।
  • व्यक्तिगत वा संस्थागत रुपमा विदेश यात्रा गर्नुपरेमा अदालतलाई पूर्वजानकारी दिने ।
  • अदालतबाट फैसला हुँदा ठहरेबमोजिम हुने नै हुँदा साथै फैसलाले बिगोको हकमा थप दायित्व सिर्जनामा गरेमा तिर्न/बुझाउन मन्जुर भए सो को कागज गरी प्रतिवादी रवि लामिछानेलाई मुद्दाको रोहबाट थुनामुक्त गर्नु
  • सुुरु जिल्ला अदालतको २०८२ साउन २६ को आदेश बदर गर्ने ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ