अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्दै गरेका तीन वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी दहथुमबाट खटिएको संयुक्त टोलीले विभिन्न स्थानमा चेकजाँचका क्रममा ती ट्याक्टरहरू फेला पारी आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित स्थानीय तहमा बुझाएको प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिए ।
प्रहरी निरीक्षक नेपालीका अनुसार २०८२ साल मंसिर २ गते भीरकोट नगरपालिका–४ छ्याङछ्याङ्दीस्थित सिद्धार्थ राजमार्गमा चेकजाँच गर्दा लु ३ त ४९६० र ग १ त ४४८९ नम्बरका ट्याक्टरले बालुवा ओसारपसार गरिरहेको भेटिएको थियो । दुवै ट्याक्टरलाई नियन्त्रणमा लिई भीरकोट नगरपालिकाको कार्यालयमा पठाइएको र जनही १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
यसैगरी, मंसिर ३ गते आँधीखोला गाउँपालिका–५ सेतिदोभान गेट पुल नजिक चेकजाँचका क्रममा ग १ त ३१७८ नम्बरको ट्याक्टर ढुङ्गा ओसारपसार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको छ । उक्त ट्याक्टरलाई अनुसन्धान तथा कानुनी कारबाहीका लागि आँधीखोला गाउँपालिकाको कार्यालयमा बुझाइएको र हाल कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले अवैध उत्खनन र ओसारपसारका गतिविधिले वातावरण र सार्वजनिक पूर्वाधारमा असर पुर्याउने भन्दै यस्ता कार्यविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला