अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्दै गरेका तीन वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी दहथुमबाट खटिएको संयुक्त टोलीले विभिन्न स्थानमा चेकजाँचका क्रममा ती ट्याक्टरहरू फेला पारी आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित स्थानीय तहमा बुझाएको प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिए ।
प्रहरी निरीक्षक नेपालीका अनुसार २०८२ साल मंसिर २ गते भीरकोट नगरपालिका–४ छ्याङछ्याङ्दीस्थित सिद्धार्थ राजमार्गमा चेकजाँच गर्दा लु ३ त ४९६० र ग १ त ४४८९ नम्बरका ट्याक्टरले बालुवा ओसारपसार गरिरहेको भेटिएको थियो । दुवै ट्याक्टरलाई नियन्त्रणमा लिई भीरकोट नगरपालिकाको कार्यालयमा पठाइएको र जनही १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
यसैगरी, मंसिर ३ गते आँधीखोला गाउँपालिका–५ सेतिदोभान गेट पुल नजिक चेकजाँचका क्रममा ग १ त ३१७८ नम्बरको ट्याक्टर ढुङ्गा ओसारपसार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको छ । उक्त ट्याक्टरलाई अनुसन्धान तथा कानुनी कारबाहीका लागि आँधीखोला गाउँपालिकाको कार्यालयमा बुझाइएको र हाल कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले अवैध उत्खनन र ओसारपसारका गतिविधिले वातावरण र सार्वजनिक पूर्वाधारमा असर पुर्याउने भन्दै यस्ता कार्यविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ ।
सम्बन्धित खबर
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने
चक्रवातको प्रभाव पर्ने भएपछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते