काठमाडौँ — सर्वोच्च अदालतले सरकार र जेन-जी बीचको सम्झौताविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै १५ दिनभित्र कारण देखाउ आदेश जारी गरेको हो ।
साथै अन्तरिम आदेशको विषयमा छलफल गर्न पुस ११ गते दुवै पक्षलाई अदालतमा उपस्थित हुन भनिएको छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र प्रधानमन्त्री सुशीला कार्कीलाई विपक्षी बनाइएको थियो ।
अदालतले महान्यायाधिवक्ता कार्यालयमार्फत निर्णयसम्बन्धी सक्कल कागजात पेस गर्नसमेत निर्देशन दिएको छ ।
सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता अमर थापासहितका कानुन व्यवसायीहरूले बहस प्रस्तुत गरेका थिए । रिट निवेदकका तर्फबाट अधिवक्ता रोहित ओझा, अधिवक्ता सुदिप भण्डारी, आयुष बडाल, आभास रेग्मीलगायतले आफ्ना तर्कहरू अदालतसमक्ष राखेका थिए ।
सरकार र जेन-जीबीच गत मंसिर २४ गते १० बुँदे सम्झौता भएको थियो । उक्त सम्झौताविरुद्ध अधिवक्ताहरू सुदिप भण्डारी, रोहित ओझा र कानुनका विद्यार्थीहरू आयुष बडाल र स्मृति अधिकारी लगायतले बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए । निर्वाचनको म्यान्डेट पाएको अन्तरिम सरकारलाई सम्झौताको अधिकार नभएको रिटमा उल्लेख गरिएको छ ।
सम्झौतामा उल्लेख भएको संघीय र प्रदेश सरकारका प्रमुख अधिकतम दुई कार्यकाल मात्र पदमा रहन पाउने लगायतका प्रावधान संविधानसँग बाझिएको दाबी पनि रिटमा गरिएको छ। रिटमा सम्झौता र राजपत्रमा जारी गरिएको सूचनालाई असंवैधानिक ठहर गर्दै उत्प्रेषणको आदेश माग गरिएको छ । त्यसैगरी दीर्घकालीन प्रभाव पर्ने कार्य गर्न नपाउने गरी अन्तरिम आदेश समेत माग गरिएको छ ।
सम्बन्धित खबर
सरकार र जेन-जी बीचको सम्झौताविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
कांग्रेसबाट निष्काशनमा परेका पूर्वमन्त्री कुमार खड्का रास्वपा प्रवेश गर्दै
धरौटीमा छुट्ने बित्तिकै रविले भने- न्यायको लडाइँ बाँकी छ, सबको हिसाब गर्नु नै छ
एमाले फर्किएकी झाँक्री केन्द्रीय सदस्यमा लोकप्रिय मतले निर्वाचित
रवि लामिछाने भोलि मात्र छुट्ने
गण्डकीका खगराज अधिकारी सचिव पदमा विजयसँगै पदाधिकारीमा इन्ट्री, पद्मा दोहोरिइन्
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरामा नातीले ७५ वर्षिया हजुरआमाको ज्यान लिए, गहना लुटेर भागे
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे