बालेनसँग रविको ‘वान टू वान’ वार्ता, साढे २ घण्टा छलफल

राजनीति

बालेनसँग रविको ‘वान टू वान’ वार्ता, साढे २ घण्टा छलफल

‘अबको प्रधानमन्त्री रवि कि बालेन ?’ भन्ने प्रश्नमा रविले कुनै जवाफ दिएनन्

rabi niskiye

रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेर निस्किएका छन् । ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच वार्ता भएको थियो ।

बालेनसँगको वार्तापछि उनलाई सञ्चारकर्मीले वार्ता के भयो ? भनेर प्रश्न गरेका थिए । सो क्रममा रविले प्रतिप्रश्न गर्दै भनेका छन्, ‘मेरो अनुहारले के भन्छ ?’

त्यसपछि उनलाई सञ्चारकर्मीले अर्को प्रश्न पनि गरेका थिए । ‘लौरो टेक्ने कि घण्टी बजाउने ?,’ उनलाई प्रश्न गरिएको थियो । जसको जवाफमा रविले भने, ‘बाँकी समयले बताउला, वार्ता राम्रो भयो ।’

साथै, ‘अबको प्रधानमन्त्री रवि कि बालेन’ भन्ने  सञ्चारकर्मीको प्रश्नमा उनले कुनै जवाफ दिएनन्।

लामिछाने र शाहबिच यो दोस्रो ‘वान टु वान’ भेटवार्ता हो। यसअघि सोमबार राति कमलपोखरीस्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको निवासमा करिब पाँच घण्टा छलफल भएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds