काठमाडौँ — रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच एउटै पार्टीमा आवद्ध भएर चुनावमा जानेबारे ७ बुँदे सहमति भएको छ ।
सहमतिअनुसार रास्वपाको नेतृत्वमा रविलाई स्वीकार गर्दै बालेन अघि बढेका छन् भने रविले आगामी फागुन २१ मा हुने निर्वाचनपछिको प्रधानमन्त्रीमा बालेनलाई स्वीकार गरेका छन् ।
सहमतिपत्रको बुँदा नम्बर ४ मा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने ।’
रास्वपा सभापति रवि लामिछाने र बालेनले हस्ताक्षर गरेको सहमतिपत्रमा नेपालको समतामूलक उन्नतिप्रति कटिबद्ध, सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गर्ने उल्लेख छ । आम नागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरूबीच सहकार्य हुन अपरिहार्य रहेको तथ्यलाई आत्मसात गर्दै दुवै पक्ष एकताका लागि सहमत भएको पनि उल्लेख छ ।
सहमतिपको पहिलो बुँदामा जेन-जी आन्दोलनको अपनत्व लिने कुरा उल्लेख गरिएको छ । उनीहरूका माग सम्बोधन गर्नका लागि प्रतिबद्ध रहेको पनि उल्लेख छ ।

सम्बन्धित खबर
रवि–बालेनबीच ७ बुँदे सम्झौता: रविले पार्टीको नेतृत्व गर्ने, बालेनलाई प्रधानमन्त्रीमा सारिने
रवि, बालेन र कुलमानसँग कुनै हालतमा मिल्दिनँ: हर्क साम्पाङ
रवि र बालेन पक्षबीच शुक्रबार भएन सहमति, शनिबार फेरि छलफल हुने
प्रधानमन्त्री कार्कीले शनिबार बालुवाटारमा शीर्ष नेतासँग छलफल गर्दै
क्याम्पस पढाउन पनि अब लाइसेन्स आवश्यक
संघीयता चाहिन्छ, संविधान बेस्ट नै छ: बालेन
यो पनि पढौँ
पोखरा विमानस्थलमा ट्याक्सी चालकको दादागिरी, यात्रुसँग अभद्र व्यवहार गर्ने ५ जना कारबाहीमा
‘भोलि विद्यालय बन्द गर्ने निर्णय गरेका छैनौं’ – निजी विद्यालय सञ्चालक
फेवातालको सिमसार पुर्ने युवराज खतिवडालाई अभद्र व्यवहारको कसुरमा मुद्दा
पोखराको कृष्तिमा पुस १० मा सुन्तला महोत्सवको तयारी