सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनतर्फ अघि बढेको बताएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको समन्वयमा आइतबार कास्कीको पोखरामा आयोजित ‘आमसञ्चारलाई व्यावसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणा’ सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रमको उद्घाटन गर्दै उनले शनिबार प्रधानमन्त्रीसँग भएको प्रमुख तीन दलका शीर्ष नेताहरूबीचको छलफलमा निर्वाचनमा जाने सहमति भएको बताए।
‘पछिल्लो हप्ता सरकारले राजनीतिक दल, जेनजी प्रतिनिधि र सरोकार भएका पक्षहरूसँग सघन छलफल गरेको छ, मुख्य राजनीतिक दलका कार्यालय र शीर्ष नेताका निवासमै पुगेर सरकारले वार्ता गरेको छ,’ मन्त्री खरेलले भने, ‘सबै राजनीतिक दलहरू निर्वाचनको तयारीमा होमिएका छन्, समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउँदैछन्, मुलुक निर्वाचनमा अगाडि बढिसकेको छ।’
उनले नयाँ दलहरूबीच भएको एकता र सहकार्यले पनि निर्वाचनको माहोल सिर्जना गरेको बताए। मन्त्री खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत मुलुक विकास र समृद्धिको गन्तव्यमा अघि बढ्ने बताए। ‘नयाँ पुस्ताले उठाएको माग बमोजिम निर्वाचनपछि बन्ने सरकारले मुलुकलाई अगाडि बढाउनेछ, जेनजी आन्दोलनको मर्म र भावना अनुसार सुशासन कायम हुनेछ, भ्रष्टाचार अन्त्य हुनेछ,’ उनले भने।
मन्त्री खरेलले निर्वाचनमा भाग लिन सबै राजनीतिक दलहरूलाई आग्रह गरे। ‘राजनीतिक दललगायत सबै सरोकार भएका पक्षहरूलाई निर्वाचनको वातावरण निर्माणमा योगदान गर्न आग्रह गर्न चाहान्छु,’ उनले भने।
फरक प्रसङ्गमा मन्त्री खरेलले नेपाली मिडियाको डिजिटल रूपान्तरण आवश्यक रहेको बताए। मन्त्री खरेलले मिडियाको विषयवस्तु बलियो हुनुपर्ने, प्रस्तुतिमा सिर्जनात्मक, प्रविधिमैत्रीका साथै समाचारको सहज पहुँच हुनुपर्ने आवश्यकतामा जोड दिए।
सम्बन्धित खबर
पोखरा आएर सरकारका प्रवक्ताले भनेः नयाँहरूबीच भएको एकताले निर्वाचनको माहोल सिर्जना भयो
कालिका क्याम्पसमा केसी परिवारद्वारा ३ करोड बढी लगानीमा पुस्तकालय भवन
प्रधानमन्त्री कार्कीले शनिबार बालुवाटारमा शीर्ष नेतासँग छलफल गर्दै
संसद पुनःस्थापना प्राथमिकता हो, शान्तिपूर्ण चुनाव हुने हो भने एमाले तयार छ: ओली
राष्ट्रपति, प्रधानमन्त्री र तीन दलका शीर्ष नेताबीच के कुराकानी भयो ?
प्रतिभा मावि १८ औं हिसान कास्की स्पोर्ट्स मीट च्याम्पियन, लगातार ४ वर्ष उपाधि जित्न सफल
यो पनि पढौँ
पोखरा विमानस्थलमा ट्याक्सी चालकको दादागिरी, यात्रुसँग अभद्र व्यवहार गर्ने ५ जना कारबाहीमा
‘भोलि विद्यालय बन्द गर्ने निर्णय गरेका छैनौं’ – निजी विद्यालय सञ्चालक
फेवातालको सिमसार पुर्ने युवराज खतिवडालाई अभद्र व्यवहारको कसुरमा मुद्दा
पोखराको कृष्तिमा पुस १० मा सुन्तला महोत्सवको तयारी