पोखरा । तमु (गुरुङ) जातिले आज नयाँ वर्ष तथा सर्प वर्ग (सप्ह्री ल्हो) को अन्त्य भएर घोडा वर्ग (त ल्हो) को आरम्भ भएको अवसरमा धुमधामका साथ मनाउँदै गरेको तमु ल्होछार/ल्होसारको अवसरमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शुभकामना व्यक्त गरेका छन् ।
प्रदेश प्रमुख भट्टले नेपालको सांस्कृतिक परम्पराको संरक्षण तथा संवद्र्धन गर्दै पर्यटन प्रवर्द्धनमार्फत् आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न गुरुङ (तमु) समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभएको छ ।
शुभकामना सन्देशमा उल्लेख छ – ‘तमु ल्होछार/ल्होसार जस्ता पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धिका साथै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’
ल्होछार/ल्होसार पर्वले तमु जाति लगायत सम्पूर्ण नेपालीहरूको बीचमा राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्ने अपेक्षा गर्दै उहाँले तमु जाति र समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
हरेक वर्षको पुस १५ गतेलाई गुरुङ समुदायले तमु ल्होछार/ल्होसारसँगै नयाँ वर्षका रूपमा मनाउने गर्दछन् । यो दिन नयाँ वर्षसँगै उत्पादन गरेको नयाँ अन्नलाई सामूहिक रूपमा न्वागी चखाउने पर्वका रूपमा समेत मनाउने गरेको गुरुङ समुदायका अगुवाहरूको भनाइ छ ।

सम्बन्धित खबर
तमु ल्होछारको अवसरमा प्रदेश प्रमुख भट्टद्वारा शुभकामना
ल्होछार, ट्होंटे जस्ता पर्वको मौलिकता जोगाइराख्नुपर्छः प्रदेश प्रमुख भट्ट
अवैध नदीजन्य पदार्थ ओसारपसारमा संलग्न तीन ट्याक्टर नियन्त्रण
बिलबिनाको करिब १३ लाखको अवैध सुर्ती बरामद
पौष २५ गतेदेखि माघ ६ गतेसम्म ‘तेस्रो चापाकोट महोत्सव–२०८२’ हुने
वालिङ राष्ट्रपति रनिङ शिल्डको उपाधि नेपाल आदर्श माविलाई
यो पनि पढौँ
पोखरा विमानस्थलमा ट्याक्सी चालकको दादागिरी, यात्रुसँग अभद्र व्यवहार गर्ने ५ जना कारबाहीमा
फेवातालको सिमसार पुर्ने युवराज खतिवडालाई अभद्र व्यवहारको कसुरमा मुद्दा
पर्वत जिल्ला ईन्टर स्कुल टि–२० क्रिकेट प्रतियोगिता सुरुः नारायण मावि र सरस्वती माविको विजय सुरुवात
कुलमान घिसिङलाई रास्वपा उपसभापति बनाउन रवि तयार, बालेन तेस्रो वरियतामा