कांग्रेस महाधिवेशन वैशाख २८–३१ गते गर्ने प्रस्ताव पारित

राजनीति

कांग्रेस महाधिवेशन वैशाख २८–३१ गते गर्ने प्रस्ताव पारित

महाधिवेशनका दुई मितिले प्रतिनिधि अन्योलमा, पार्टी विभाजन हुने चिन्ता

congress-meeting2

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन २०८३ वैशाखको २८ देखि ३१ गतेसम्म गर्ने कार्यतालिका पारित भएको छ ।

शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकमा प्रस्ताव गरेको कार्यतालिका पारित भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित ५ जनाले फरक मत राखेका छन् । फरक मत राख्नेमा सहमहामन्त्री फरमुल्लाह मन्सुर तथा कार्यसम्पादन समिति सदस्यद्वय अर्जुननरसिंह केसी र उमा रेग्मी छन् ।

नेपाली कांग्रेसमा दुई दिन यताको रस्साकस्सीले आन्तरिक विवाद चरमोत्कर्षमा पुगेको छ । नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने सन्दर्भमा चर्किएको विवादले ‘पार्टी नै विभाजन हुने त होइन ?’ भन्ने खतरा बढाएको छ ।

प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी महाधिवेशनसम्बन्धी कार्यवाहक सभापति खड्काले राखेको प्रस्ताव बैठकबाट पारित भएको जानकारी दिए । ‘पुसमा प्रस्तावित महाधिवेशन त्यही मितिमा गर्न सम्भव नभएपछि संशोधित कार्यतालिका पास गरेको छ, जसअनुसार वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन हुनेछ,’ उनले सञ्चारकर्मीहरूसँग भने ।

प्रवक्ता महतले कार्यतालिका अनुसार चैत २१ गतेदेखि नै अधिवेशन प्रारम्भ हुने बताए ।

तर, महामन्त्री थापाले भने पुस मसान्तभित्र विशेष महाधिवेशन गरिछाड्ने बताउँदै देशभरका महाधिवेशन प्रतिनिधिलाई काठमाडौँ आउन आह्वान गरे । यद्यपि विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुने कि नगरी हुने भन्ने एक दुई दिनमा टुङ्गो लाग्ने महामन्त्री थापाले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ