पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माविले जितेको छ ।
सशस्त्र प्रहरीको खेलमैदानमा आयोजना भएको फाइनल खेलमा मङ्गोलदय माबि ले आइबल एकेडेमीलाई ९ विकेटले जित्दै उपाधि जितेको हो।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको आइबल एकेडेमी १४.४ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ३४ रन बनाउन सफल भएको थियो। आइबल एकेडेमीलाई सस्तैमा समेट्ने क्रममा मङ्गोलदयका सुजल गिरीले ४, सिर्जित पौडेलले ३ र प्रवेश भण्डारीले २ विकेट लिन सफल भएका थिए। आइबलको लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कच जोड्न सफल भएनन्। ३५ रनको झिनो लक्ष्य पाएको मङ्गोलदयले ४.५ ओभरमा एक विकेट गुमाएर जित हासिल गर्दै उपाधि जित्न सफल भएको हो।
मङ्गोलदयको लागि रोहित पोखरेलले अविजित १८ रन बनाउन सफल भएका थिए। उपाधि जित्दै मङ्गोलदय मा बि ले ट्रफी मेडल र प्रमाणपत्र त्यसैगरी द्वितीय स्थानमा चित्त बुझाउनु परेको आइबल एकेडेमीले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे। उत्कृष्ट बलिङ गरेका मङ्गोलदयका सुजल गिरी म्यान अफ द फाइनल घोषित भए।

पर्वत क्रिकेट सङ्घको वार्षिक कार्यक्रम अन्तर्गत ग्रासरुट क्रिकेटको विकासको लागि अब खेल्ने छ पर्वत उद्देश्यका साथ पुष १२ गते देखि १९ गतेसम्म सञ्चालन भएको पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिता २०८२ मा पर्वत जिल्लाका १४ वटा स्कुलहरूले सहभागिता जनाएका थिए।
पर्वत क्रिकेट संघका अध्यक्ष रेशमबहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको समापन तथा ट्रफी वितरण कार्यक्रममा मोदी गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछानेको प्रमुख अतिथि रहेको थियो। त्यसैगरी विशिष्ट अतिथिमा गण्डकी प्रादेशिक सङ्घका अध्यक्ष संजयका सिग्देल , सशस्त्र प्रहरी बल न २५ हे क्वा चण्डीकाका केशव पौडेलको उपस्थिति रहेको थियो।
त्यसैगरी, जिल्ला खेलकुद विकास समिति पर्वतका सदस्य सन्तोष पौडेल, प्याब्सन पर्वतका अध्यक्ष बिमल पौडेल, प्रदेश अस्पताल पर्वतका व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष शंकर गिरी, गण्डकी विद्यालय खेलकुद सङ्घका सदस्य इन्द्रप्रसाद शर्मा , गण्डकी प्रादेशिक क्रिकेट टिमका मुख्य प्रशिक्षक रिजन पर्जु, गण्डकी प्रादेशिक महिला क्रिकेट टिमका मुख्य प्रशिक्षक दिपेश खत्री लगायतको उपस्थिति थियो।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?