काँग्रेस एमालेसँग गठबन्धन हुँदैन, रवि–बालेन एकताले डराएका छैनौं: प्रचण्ड

राजनीति

काँग्रेस एमालेसँग गठबन्धन हुँदैन, रवि–बालेन एकताले डराएका छैनौं: प्रचण्ड

prachanda madhav

काठमाडौँ — नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले राष्ट्रिय सभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नहुने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कुनै पनि दलसँग गठबन्धन गर्नेबारे कुरा नभएको र नहुने बताएका हुन् । उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको एकताले आफूहरु नडराएको पनि जिकिर गरे । ‘हामी रवि–बालेनको गठबन्धबाट विल्कुल डराएका छैनौँ । रविलाई मेरै क्याबिनेटमा दुई चोटि गृहमन्त्री बनाएको हो । उहाँसँग कुरा गर्न मैले कुनै आइतबार पर्खनुपर्दैन ।’

उनले आफूहरु कसैसँग नडराएको दोहोर्‍याउँदै आउँदो निर्वाचनमा नेकपा एक्लै जनतामाझ जाने पनि बताए ।

उनले पार्टी कामको सिलसिलामा भारत भ्रमणमा गएको दाबी गर्दै सो क्रममा भारतीय जनता पार्टीका केही नेताहरुसँग अनौपचारिक छलफल भएको पनि बताए ।

उनले भने, ‘हाम्रो पार्टी एकता भइसकेपछि सबै प्रदेशहरुमा एकता सन्देश सभा राखेको तपाईंहरुलाई थाहा नै छ । दिल्लीमा पनि एउटा एकता सभा राखिएको थियो । म मुख्यतः त्यही कामका लागि भारत भ्रमणमा गएको हो । अब त्यहाँ गइसकेपछि विभिन्न खालका भेटघाट त भइ नै हाल्छन् । हाम्रो राजदूत आउनुभयो, कयौँ भारतीय जनता पार्टी (बीजेपी)का नेताहरु आउनुभयो । स्वागत गर्नुभयो, सम्मान गर्नुभयो । तर त्यस्तो औपचारिक कुराकानी केही पनि भएको छैन ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds