केही दिनअघि मात्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ उपसभापति हुने गरी सहमतिपत्र हस्ताक्षर गरेका ऊर्जामन्त्री कुलमान घिसिङले आफू कुनै पनि पार्टीको सदस्य नरहेको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ‘रास्वपामा आबद्ध भएपछि नागरिक सरकारमा बसिरहन मिल्छ कि मिल्दैन’ भनेर सोधिएको प्रश्नमा उनले आफू ‘कुनै पनि पार्टीको सदस्य छैन’ भनेर झूटो बोलेका हुन्।
पुस १४ गते राति रास्वपा सभापति रवि लामिछानेसँग गरिएको सातबुँदे सम्झौताको चौथो नम्बरमा कुलमानलाई उपसभापति बनाउने कुरा उल्लेख छ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डिपी अर्याल र स्वर्णिम वाग्ले रहने,’ उक्त बुँदामा भनिएको छ।
उनी संरक्षक रहेको उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेको उक्त सहमति अनुसार कुलमान रास्वपामा पहिलो वरीयताको उपसभापति भएको प्रस्टै छ। वरीयता कुलमानपछि डिपी अर्याल र त्यसपछि स्वर्णिम वाग्ले छन्।
यति मात्र होइन, यो सहमतिपछि कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टीको तर्फबाट १८ जनालाई रास्वपाले आफ्नो समानुपातिक सूचीमा समेत समावेश गरेको छ। उक्त सूचीमा कुलमानले आफ्ना भान्जा र ससुराको नामसमेत राखेको भन्दै पार्टीभित्रै विवाद भएको थियो।
उनी आफू संरक्षक रहेको उज्यालो नेपाल पार्टीको बैठकमा समेत नियमित रूपले सहभागी भइरहेका छन्।
यसबीच प्रधानमन्त्री सुशीला कार्कीले समेत ऊर्जामन्त्री घिसिङलाई सरकार छाड्न सुझाव दिएकी थिइन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकमा उनले कुलमानलाई सरकार छाड्दा राम्रो हुने भनेर सल्लाह दिएकी हुन्।
‘समयमै चुनावको वातावरण बनाउने काममा सरकारमा बसेर तपाईंले राम्रो गर्नुभएको छ अब चुनावमा जाने र पार्टीको काममा लाग्ने भए जाँदा हुन्छ भनेर प्रधानमन्त्रीज्यूले सुझाव दिनुभएको हो,’ स्रोतले भन्यो।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु