काठमाडौँ । लौरो अभियान, स्वतन्त्र अभियान र जेनजी अभियानले लौरो चुनाव चिह्नलाई राजनीतिक दलको चिह्नका रुपमा प्रयोग नगर्न माग गरेको छ।
उनीहरुले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यसअघिको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारहरुले प्रयोग गरेको चुनाव चिह्नलाई राजनीतिक दलको चिन्हका रुपमा प्रयोग नगर्न माग गरेका हुन्।
स्वतन्त्र चुनाव चिह्न लौरोलाई काठमाडौँ महानगर प्रमुख बालेन साहले राजनीतिक बार्गेनिङको हतियारका रुपमा प्रयोग गरेको देखिएको उनीहरुको आरोप छ।

रास्वपमा प्रवेश गरेसँगै लौरो चुनाव चिह्न बालेनको हुन नसक्ने भएकाले उक्त चुनाव चिह्न स्वतन्त्र समूहलाई सम्मानजनक रुपमा फिर्ता गर्न माग गरिएको लौरो अभियानका डम्बर साहुले बताए।
उनले लौरो चुनाव चिह्न स्वतन्त्रहरुको प्रतीकमात्र नभई आस्था, धरोहर र स्वतन्त्रहरुको मन्दिरसमेत भएको उल्लेख गरे।
उनीहरुले लौरो अभियान वा लौरो चुनाव चिह्नलाई व्यक्तिवादी कब्जा र सौदाबाजीबाट मुक्त राख्न कुनै पनि मूल्य चूकाउन तयार रहेको धारणा राखेका छन्।
एक साताभित्र उक्त चुनाव चिह्न फिर्ता नभए बालेन साहको घर÷कार्यालयको गेटमा नै विरोध तथा धर्नाका कार्यक्रम गर्ने उनीहरुले जनाएका छन्।
सम्बन्धित खबर
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
रास्वपाले भोलि मन्त्रीको नाम टुंगो लगाउने, बैठक बस्दै
प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति समक्ष पेश
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर