काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन पक्षधरसँग संवाद गरेर सहमतिको वातावरण निर्माण गर्न दवाव बढाएका छन्।
सभापति शेरबहादुर देउवासँग आजको भेटमा नेता कोइरालाले ‘पार्टीमा को के हुने भन्दा पनि पार्टी एकता जोगाउने’ विषय महत्वपूर्ण हुने भन्दै बृहत्तर सहमतिका लागि पहल गर्न आग्रह गरेका हुन् ।
महाराजगञ्जस्थित देउवा निवास पुगेर नेता कोइरालाले महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरिसकेको अवस्थामा सबै पक्षको सम्मान हुनेगरी समाधान खोज्न देउवाको ध्यानाकर्षण गराएका हुन् ।
‘म कोइराला हुँ । पार्टी विभाजन भएको हेर्न सक्दिन । विभाजनको पीडा तपाईले पनि भोग्नुभएकै छ। के के गर्नुपर्छ गरौं, विभाजन रोकौ’, देउवासँग शेखरले भने ।
उनले आफ्नालाई कांग्रेसको सभापति बन्ने वा नबन्नेभन्दा पनि कांग्रेस सग्लो रहने वा नरहने भन्ने कुरा महत्वपूर्ण रहेको देउवालाई बताएका छन् ।
‘म भोली सभापति बनुला वा नबनुला । तपाईले सहयोग गर्नुहोला वा नहोला । त्यो भन्दा महत्वपूर्ण कुरा कांग्रेसको एकता हो । एकता जोगाउन तपाईले पहल लिनुस’, देउवालाई शेखरले भनेका छन् । जवाफमा सभापति देउवाले पछिल्लो परिस्थितिप्रति आफू चिन्तित रहेको भन्दै सबैसँग संवादका लागि तयार रहेको बताएका छन् ।
सभापति देउवासँग छलफलका क्रममा नेता कोइरालाले महामन्त्रीहरुले आह्वान गरिसकेको अवस्थामा भृकुटीमण्डपमा बोलाइएको विशेष महाधिवेशनलाई नै संकल्प सभामा परिणत गरेर निकास खोज्न सुझाव दिएका छन् ।
‘विधानतः समयमै महाधिवेशन हुनुपर्छ भन्नेमा म सधैँ उभिएको छु । अहिले चुनावका र अन्य चुनौतीका कारण पार्टी समस्यामा छ । यस्तो बेलामा उहाँहरुले बोलाएकै भेलालाई पनि साझा मञ्च बनाएर एकता जोगाउन तयार हुनुपर्छ’, शेखरको भनाई छ ।
शेखरले महामन्त्रीद्वयसँग संवाद गर्न, कुरा सुन्न र समाधानको विकल्प खोज्न देउवामाथि दवाव बढाएका हुन् ।
सम्बन्धित खबर
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
रास्वपाले भोलि मन्त्रीको नाम टुंगो लगाउने, बैठक बस्दै
प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति समक्ष पेश
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर