स्याङ्जाको गल्याङ नगरपालिकास्थित गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सुरु गरिएको छ । नगरवासीलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा स्वस्थ बनाउने उद्देश्यका साथ अस्पतालमै नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको हो ।
‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने नारालाई आधार मानेर आयुर्वेद उपचारलाई स्थानीय तहसम्म पुर्याउने लक्ष्यका साथ केन्द्र सुरु गरिएको नागरिक आरोग्य सेवा केन्द्र गल्याङका बैद्य वीरबहादुर बोहराले जानकारी दिए । उनका अनुसार जीवनशैलीसँग जोडिएका नसर्ने रोगको बढ्दो जोखिमलाई कम गर्न योग, ध्यान र आधारभूत आयुर्वेद सेवामा केन्द्रित गरिनेछ ।
आरोग्य केन्द्रमार्फत विद्यालय, आमा समूह, महिला स्वयंसेविका र युवा क्लबसँग सहकार्य गरी समुदायस्तरमै योग र ध्यान अभ्यास गराइने योजना रहेको वैद्य बोहराले बताए । यसले सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
केन्द्रबाट आयुर्वेद उपचारसम्बन्धी न्यूनतम मापदण्डअनुसारका सेवा उपलब्ध हुनेछन् । पूर्वकर्म, पञ्चकर्म, बाष्प विधि, रुघाखोकी उपचार तथा स्वस्थ जीवनशैलीबारे परामर्शसमेत प्रदान गरिने जनाइएको छ ।
नगर अस्पतालमै नागरिक आरोग्य सेवा सुरु भएसँगै अब गल्याङ क्षेत्रका नागरिकलाई आयुर्वेद उपचार र परामर्शका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।
सम्बन्धित खबर
आँधीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रि–शहिद माविलाई
लागूऔषध मुद्दामा फरार रहेका दुई प्रतिवादीसहित तीन जना पक्राउ
निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा अवैध हतियार बुझाउन प्रशासनको आग्रह
तेस्रो चापाकोट महोत्सवमा राष्ट्रिय ओपन भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुँदै
भीरकोट नगरसभाबाट दुई ऐन पारित
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
यो पनि पढौँ
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
गायक प्रशान्त तामाङ रहेनन्
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति