स्याङ्जा भीरकोट नगरपालिकाको १७ औँ नगरसभाले दुई महत्वपूर्ण ऐन पारित गरेको छ । सभाबाट विज्ञापन व्यवस्थापन एवं नियमन ऐन–२०८२ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन–२०८२ स्वीकृत भएका हुन् ।
नगरपालिकाले विज्ञापनसम्बन्धी ऐन लागू गरेसँगै अब भीरकोट क्षेत्रमा वस्तु तथा सेवाको बजार प्रवर्द्धन, बिक्रीवितरण र प्रचारप्रसारका लागि गरिने बाह्य विज्ञापन व्यवस्थित हुने भएको छ । नगरपालिकाबाट अनुमति लिएर सञ्चालनमा रहेका सञ्चारमाध्यममार्फत गरिने विज्ञापनलाई पनि नियमित र पारदर्शी बनाइने नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए ।
त्यसैगरी, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनले स्थानीय सञ्चित कोषको सञ्चालन, बजेट निर्माण, खर्च व्यवस्थापन, लेखाङ्कन, प्रतिवेदन, आन्तरिक नियन्त्रण र लेखापरीक्षणलगायतका आर्थिक गतिविधिलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।
नगरसभाले जनताको आवश्यकता र मागलाई ध्यानमा राख्दै नगरस्तरीय तथा वडास्तरीय योजना संशोधन र रकमान्तर पनि गरेको छ । साथै, करार सेवामा कार्यरत ९७ जना कर्मचारीको करार नवीकरण गरिएको छ ।
आन्तरिक आयतर्फ नदीजन्य पदार्थको बिक्रीवितरणबाट प्राप्त हुने राजस्व स्रोतका आधारमा एक करोड रुपैयाँ बजेट भएका योजना तथा कार्यक्रमको स्रोत संशोधन समेत सभाबाट स्वीकृत भएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु